भिडियो
पुडासैनीको भिडियो बाहिरिए पछि रबिले बल्ल मुख खोले ! भित्री रहस्य यस्तो छ
चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीप्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।
बुधबार पुडासैनीले सँसार छोड्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा एसपी मल्लले यस्तो बताएका हुन्। पत्रकार पुडासैनीले सँसार छोड्नुअघिको खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला मल्लले रविसहित तीनजनाविरुद्ध कारवाही थालिएको जानकारी दिएका हुन्। यसैबिच पुडासैनीको भिडियो बाहिरिएपछि रबि लामिछानेले आफ्नो मुख खोलेका छन् । भिडियो हेर्नुस