समाचार

पत्रकार रवि लामिछाने र युवराज कँडेलले पक्राउ

काठमाडौं– न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले प*क्राउ गरेको छ । लामिछाने र कँडेललाई आज न्युज २४ टेलिभिजनको कार्यालयबाट प*क्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले टेलिभिजनको कार्यालयबाटै प%क्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई चितवन ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

पत्रकार लामिछाने र कँडेललाई केही दिनअघि आ*त्मह*त्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनी र सो घटनाका बारेमा बुझ्न नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

पहिले न्युज २४ टेलिभिजनमा नै काम गरेका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि लामिछानेकै कारण जीवन त्या*ग गर्नुपरेको भिडियो रेकर्ड सार्वजनिक गरेका थिए ।

Related Articles

Back to top button