समाचार
रवी पक्राउपछि काठमाडौंमा ‘हाईअलर्ट’,
काठमाडौं। टेलिभिजन पत्रकार रवी लामिछाने पक्रा उ परेपछि काठमाडौं प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । प्रहरीले कसैले पनि उश्रङ्खल गतिविधि गर्न सक्ने भएकाले सतर्कता बढाएको हो ।काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानका लागि सहयोग गर्न लामिछानेलाई चितवन प्रहरीको जिम्मा लगाएकाले अन्यथा लिनु नपर्ने बताए ।
‘कोही पनि उश्रङ्खल हुन जरुरी छैन । यदि कसैले त्यस्तो गतिविधि गरे प्र हरी नियन्त्रण गर्न सक्षम छ,’ सुवेदीले भने,‘उहाँलाई चितवन प्र हरीको जिम्मा लगाइएको छ ।सुरक्षा निकायले अनुसन्धानलाई सहयोग गर्न अपिल समेत गरेको छ ।‘यो प्र हरीको कर्तव्य हो । भिड र कानुन छुट्टा छुट्टै विषय हो । भिडले राज्यको सिस्टमलाई नियन्त्रण गर्न सक्दैन,’ एक उच्च प्रहरी अधिकारीले भने,‘आम सर्वसाधरणले प्रहरीको कदमलाई सहयोग गर्नुपर्छ ।’