भिडियो

लुट्न सके लुट पछि पशुपति शर्माको अर्को धमाका

लुट्न सके लुट पछि पशुपति शर्माको अर्को धमाका-जसरी नी बनाउने हो क्रिकेट रङ्गशाला(भिडियो)काठमाडौं । गायक पशुपति शर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । हजुर हाम्रै पाला जसरी नी बनाउने हो क्रिकेट रङ्गशाला बोलको गीत उनले शुक्रबार सार्वजनिक गरेका हुन् ।गीतमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाउन सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा सहयोग जुटाउन आह्वान गरिएको छ । आँटे आफ्नै पालामा महत्वाकांक्षी काम गर्न सकिने उल्लेख गरिएको गीतका सकेको सहयोग गर्न आग्रह गर्दै क्रिकेट रङ्गशालाले देशकै छबी उचो पार्ने गीतमा उल्लेख छ पशुपति शर्माको शब्द तथा संगीत रहेको गीतमा उनलाई स्वरमा देवी घर्तीले साथ दिएकी छन् ।धुर्मुस सुन्तली युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।भिडियोमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा सहयोग जुटाउने उद्देश्यले केही समय अगाडि आयोजना गरिएको क्रिकेट प्रतियोगिताको फुटेजका साथमा रङ्गशाला निर्माणको फुटेज समावेश गरिएको छ । भिडियो निर्देशन शंकर विसिले गरेका छन्

Related Articles

Back to top button