समाचार

रवि लामिछानेलाई अर्को झट्का ! अमेरिकाले निकाल्यो यस्तो सुचना

काठमाडौं। संचारकर्मी रवि लामिछानेलाई अर्को तनाव थपिएको छ । अमेरिकामा रहेको घरको किस्ता नतिर्दा उनको घर लिलाम हुने भएपछि तनाव थपिएको हो । ईशासँगको २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका लामिछानेले पत्नी इसासँग डिभोर्स गर्दा अमेरिकामा उनी बस्ने घर, उनीहरुको खर्चपानी, सन्तानको जिम्मा लिने कागजमा सही गरेका थिए तर पूर्व पत्नीसँग डिभोर्स गर्दाको कागज बमोजिम घरको किस्ता र छोरीको कलेज फि नतिरेका कारण घर खाली गर्न जुन १० तारिखमा अमेरिकाको मेरिल्याण्डको कानून अनुसार सूचना जारी भएको थियो ।जसमा लामिछानेले घरको किस्ता नतिरेका कारण तत्काल तिर्न

भनिएको थियो । एक भन्दा बढी किस्ता नतिरेका कारण लामिछानेको घर लिलामिको खतरामा रहेको सूचनामा जनाइएको थियो । सम्झौता अनुसार एक भन्दा बढी किस्ता नतिरेका कारण तत्काल तिर्न सूचना जारी गरिएको थियो रवि लामिछाने यतिवेला चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् ।पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले थप अनुसन्धानका लागि लामिछानेसहितका तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

फोटा खवरहवबाट

Related Articles

Back to top button