भिडियो

चितवनमा रबि समर्थक र प्रहरी बीच झडप

चितवनमा रबि समर्थक र प्रहरी बीच झडप ( भिडियो सहित )नेपालकै चर्चित पत्रकार तथा सामाजिक अभियानता रवी लामिछाने पक्राउ परे संगै यतिबेला चितवनको माहोल तातिएको छ। देशका बिभिन्न ठाउँबाट आएका रविको समर्थक ले आज दिनै भरि नाराबाजी गरे। स्थितिलाई हातमा लिनलाई धेरैको संख्यामा प्रहरी परिचालन भएको थियो। त्यो संगै आजको दिनको अन्त्य समयमा प्रहरी र रविको समर्थक बीच झडप सिर्जना भएको छ।

आज दिनभरी चितवन प्रहरी कार्यालय र अदालत बाहिर लामिछानेका समर्थकहरुले भरिभराउ भएको थियो । बेलुकी पख माहोल धेरैनै गर्मिलो होला जस्तो भएपछी प्रहरीले अश्लु ग्याँस र हवाई फाएर गरेको थियो। त्यसपछि भिड कम भएर सबै आफ्नो घर तिर तितर बितर भएको थियो।

आज रबिसहित प्रक्राउ परेका ३ जनालाई जिल्ला अदालत उपस्थित गराईएको छ । अदालतले रबि सहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधिश बिनोदकुमार शर्माले बिहिबारदेखि नै लागू हुने गरी ५ दिन हिरासतमा राख्न म्याद थप गरेका हुन् । पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघि रेकर्ड गरेको भिडियोको आधारमा रबिसहित ३ जनालाई प्रहरीले प्रक्राउ गरेको थियो ।हेर्नुहोस यो भिडियो।

Related Articles

Back to top button