समाचार

चितवन फेरि तनावग्रस्त,

काठमाडौं । चितवनमा शनिबार पनि पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ । यसअघि शुक्रबार साँझ पनि प्रहरी र लामिछानेका समर्थकबीच झडप भएको थियो । झडवमा नेपाल प्रहरीका ५ जना असई घाइते भएका थिए । बिहीबार साँझ नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि

लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो बुटवल । आज विहान रुपन्देहीको तित्तलोतमा नगरपालिकाबाट हिँडेको गाडी सप्तरी जिल्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवका अनुसार तिलोत्तमा नगरपालिकाको बा १६ च २२३५ नम्वरको पिकअप बलेरो जीप सप्तरीको कन्चनपुर नगरपालिका वडा नम्वर ११ बक्साहचोकमा दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको छ । यस्तै चालक अशोक भण्डारीको अबस्था गम्भीर रहेको छ ।दुर्घटनामा वडाध्यक्षद्वय सोहन चौधरी, तामानाथा पाण्डे र व्यापार संघका अध्यक्ष जेपी कँडेल पनि घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगर पठाईएको यसपी यादवले बताए । दुर्घटनामा परेकाहरु मोरङ्गमा हुन गइरहेको लगानी सम्मेलनमा जाँदै थिए ।

Related Articles

Back to top button