समाचार

रुपन्देहीका पत्रकार अधिकारी को सप्तरीमा मृत्यु

सप्तरीको भएको जीप दुर्घटनामा रुपन्देहीका पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप गाउँपालिकामा बा १६ च २२३५ नम्बरको जीप दुर्घटना हुँदा अन्य चार जना घाइते छन् ।रुपन्देहीको तिलोत्तमा नगरपालिका- ३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालका रुपन्देही संवाददाता, इलगअन अनलाईनका सम्पादक, रेडियो नमस्तेका पूर्व डाइरेक्टर तथा रुपन्देही उद्योग वाणिज्यसंघका प्रेस सल्लाहकार हुन् ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका प्रहरी असई सचितानन्द यादवले बताए । उनका अनुसार जीपमा सवार अन्य यात्रु सामान्य घाइते भएका छन् । घाइतेको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।काठमाडौं। सिधाकुरा जनतासंग कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउ परेको विरोधमा नेपाल बन्दको घोषणा गरिएको छ । रविका समर्थकहरुले आजदेखि अनिश्चितकालसम्मका लागि नेपाल बन्दको घोषणा गरेका छन्।शुक्रबार एक युट्युव च्यान मार्फत नेपाल बन्दको घोषणा गरिएको हो । बन्दको समयमा स्कुल, कलेज, कलकारखाना, उद्योग धन्दा, सरकारी कार्यालय, पसल, बजार र नीजि तथा सार्वजनिक सवारी गुड्नमा रोक लगाएका छन् । रवि लामिछानेलाई विनासर्त रिहाइको एक सुत्रिए माग राखि नेपाल बन्दको

आह्रवान गरिएको हो ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर प्रहरीले साउन ३० गते बिहीबार न्यूज २४ टेलिभिजनको कार्यालयबाट
रविसहित अन्य दुई जनालाई पक्रउ गरि चितवन पुर्याएको छ । शुक्रबार अदालतमा हाजिर भएका रविलाई अदालतले ५ दिनका लागि थुनामा राख्न अनुमति दिएको छ ।अन्य समाचार :रवी पक्राउपछि काठमाडौंमा ‘हाईअलर्ट’, काठमाडौंका एसएसपी भन्छन्, ‘उश्रङ्खल नबनौँ’ !काठमाडौं। टेलिभिजन पत्रकार रवी लामिछाने पक्रा उ परेपछि काठमाडौं प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । प्रहरीले कसैले पनि उश्रङ्खल गतिविधि गर्न सक्ने भएकाले सतर्कता बढाएको हो ।काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानका लागि सहयोग गर्न लामिछानेलाई चितवन प्रहरीको जिम्मा लगाएकाले अन्यथा लिनु नपर्ने बताए ।‘कोही पनि उश्रङ्खल हुन जरुरी छैन । यदि कसैले त्यस्तो गतिविधि गरे प्र हरी नियन्त्रण गर्न सक्षम छ,’ सुवेदीले भने,‘उहाँलाई चितवन प्र हरीको जिम्मा लगाइएको छ ।’सुरक्षा निकायले अनुसन्धानलाई सहयोग गर्न अपिल समेत गरेको छ । ‘यो प्र हरीको कर्तव्य हो । भिड र कानुन छुट्टा छुट्टै विषय हो । भिडले राज्यको सिस्टमलाई नियन्त्रण गर्न सक्दैन,’ एक उच्च प्रहरी अधिकारीले भने,‘आम सर्वसाधरणले प्रहरीको कदमलाई सहयोग गर्नुपर्छ ।’

Related Articles

Back to top button