समाचार

भर्जिन’ खोज्दै हिँडने शिक्षक परे फन्दामा

सिन्धुलीमाढी, २८ वैशाख । सिन्धुलीको फिक्कल गाउँपालिका ३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुर्व्यबहार गरेको खुलासा भएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।फिक्कल सालघारीस्थित मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरू राति घरमा सुतिरहेको अवस्थामा यौन दुर्व्यबहार गर्न खोजेको भन्दै पीडित किशोरीहरूका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् ।बाल यौन दुर्व्यबहार गर्नेलाई कारबाही गर भन्ने नाराका साथ दबाबदमूलक नारा लगाउँदै सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौरबाट सिन्धुली बजार हुँदै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका थिए ।काठमाडौं, २८ वैशाख । काठमाडौंको भोटाहिटीमा चीनले पुनः निर्माण गरिरहेको दरबार हाइ स्कुल निर्माण स्थलमा चीनले झण्डा गाडेर काम गरेको छनिर्माण स्थलमा

गाडिएको चीनको झण्डा देखेर स्थानीयहरू बिरोध जनाएका छन् । राष्ट्रियको हित विपरित निर्माण स्थलमा गाडिएको झण्डालाई हटाउन स्थानीयले प्रशासनसँग माग समेत गरेको छ ।निर्माण स्थलमा पुगेको एक स्थानीयले भने, ‘संसारमा कही नभएका कानून हाम्रो देशमा देखिरहेको छु ।’ चीनले निर्माण स्थलमा गाडिएको झण्डाको बारेमा राष्ट्रले बोल्न नसक्नु दुखद रहेको बताए ।चीनले नेपालमा निर्माण गरिरहेको निर्माण स्थलहरू कब्जा गर्ने दृष्टिकोणले यस्तो झण्डा राखेको हुन सक्ने एक स्थानीयले बताए ।काठमाडौंको बानेश्वरमा चीनले निर्माण गरेको आकाशे पुलमा पनि नियम विपरित नेपाल–चनीको सहयोग लेख्नुपर्ने ठाउँमा चीन–नेपालको सहयोग लेखेको भनेर विरोध भएको छ ।चीनले नेपालमा आफ्नो प्रभाव बढाउन रणनीति ढंगले निर्माण स्थलहरूमा एकलौटी ढंगबाट चिनियाँ झण्डाहरू राख्ने गरेको आरोप छ ।

Related Articles

Back to top button