समाचार

पत्रकार रवि लामिछानेको सम्पत्ती श्रोतको छानविन गर्न नेपालको माग

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठन युवा संगठन नेपालका सहसंयोजक रमेश पौडेलले संचारकर्मी रवि लामिछानेको सम्पत्ती श्रोतको छानविन गर्न माग गरेका छन् । युवा संघ नेपालका पुर्व अध्यक्षसमेत रहेका पौडेलले रवि लामिछाने प्रहरी हिरासतमा रहँदै गर्दा उनको सम्पत्ती श्रोतको छानविन हुनुपर्ने माग गरेका हुन् ।

शनिबार साँझ सामाजिक संजाल फेसबुकमार्फत पौडेलले लामिछानेको सम्पत्ती छानविन गर्न माग गरेका हुन् । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको रेकर्ड गराएका भिडियोमा समेत रवि लामिछानेले धम्क्याएर विभिन्न उद्योग बाट आर्थिक लाभ लिएको बताएका थिए ।

पुडासैनीको भिडियो र रुकू भनिने अस्मिता कार्कीको वयानको आधारमा संचारकर्मी रवि लामिछानेलाई विहीबार पक्राउ गरि अनुसन्धानको लागि चितवन पुर्याइएको छ । रविको पक्राउको विरोध गर्दै चितवन जिल्ला प्रहरी कार्यलय अगाडी जनसागर उर्लिएको छ भने सामाजिक संजालमा समेत रविको पक्राउको बारेमा बहस चल्न थालेको छ ।

Related Articles

Back to top button