समाचार

देशव्यापी बन्द हड्ताल को घोषणा

देशव्यापी शैक्षिक संस्था बन्दको आव्हान काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी)ले जेठ ५ गते आमशैक्षिक हड्तालको घोषणा गरेको छ ।अखिल (क्रान्तिकारी)ले संगठनका अध्यक्ष चिरञ्जीवी ढकालको रिहाईको माग गर्दै आउँदो जेठ ५ गते देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।शुक्रबार काठमाडौँको अनामनगरमा ११ बिद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनबाटै अध्यक्ष ढकाललाई प्रहरीले गिरफ्तार गरेपछि अखिल (क्रान्तिकारी)ले त्यसको बिरोधमा शैक्षीक हड्तालसहितका
चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो ।शुक्रबारनै संगठनले एक विज्ञप्ति जारी गरि देशव्यापी कोणसभा , देशव्यापी विरोध प्रदर्शन

लगाएतका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।मुस्ताङमा आज बिहान एक इटाली पर्यटकको मृत्यु भएको छ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङमा ६८ वर्षीय मार्को रोक्कुफ्रान्कुफो मोरेलियोको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।बिहीबार बिरामी भएको खबर प्राप्त भएपछि उद्धारका लागि आज बिहान ७ः४५ मिनेटमा सो स्थानमा समिट एयरको हेलिकप्टर पुगेको थियो । तर, उहाँको बिहानै मृत्यु भइसकेको थियो । उहाँको शव सोही हेलिकप्टरबाट जोमसोम विमानस्थलमा ल्याइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button