समाचार

चितवनमा रबि समर्थक को ठुलो प्रदर्शन

चितवन। चितवनमा दिनै भरी पत्रकार रवि लामिछानेका समर्थकहरुले रविको रिहाइको माग गर्दै प्रदर्शनको गरिरहेका छन् । रविको समर्थनमा धरानदेखि चितवन आएका रमेश प्रसाईंले रविलाई प्रहरी हिरासतमै भेटेका छन् । भित्र रबि संग भएका कुराकानी प्रसाईले समर्थकहरुलाई सुनाउदा सबै भाबुक बनेका छन् ।भेटमा रविले बाहिर प्रदर्शनका क्रममा कसैको मृत्यु भयो भने मलाई हिरासतमा बसे भन्दा पनि पिडा हुने कुरा सुनाएको उनले बताए । लामिछानेलाई उदृत गर्दै प्रसाइले भने,‘रवि दाइले भन्नु भयो मेरो पक्षमा न्यायको पक्षमा भइरहेको यो आन्दोलनमा एक जनालाई पनि घाउ चोट नलागोस् ।‘यदी एक जना पनि घाउ चोट लागेर घाइते भएछन् भने, एक जनाको पनि अमूल्य जीवन गएछ भने हिरासतमा बसेको भन्दा बढी पीडा हुन्छ ।’ आज आन्दोलनको तेस्रो

दिन समर्थकले न्यायको आवाज उठाएका छन् पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणले चितवनको माहोल यतिबेला तातिरहेको छ । यही प्रकरणमा न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने चितवन प्रहरीको हिरासतमा छन् । उनलाई रिहाइको माग गर्दै बाहिर उनका प्रशंसकहरुले नाराबाजी गरिरहँदा हिरासतभित्र थुनुवाको रुपमा रहेका पत्रकार रवि लामिछाने के गर्देछन् भन्ने जिज्ञासा सबैलाई छ । प्रायः मानिसहरु जेलमा बस्दा धेरै भन्दा धेरै पुस्तक पढ्ने गरेको त सबैले सुनेकै हो । लामिछानेले पनि चितवन प्रहरीको हिरासतलाई उपन्यास पढ्ने उपयुक्त थलो बनाएका छन् ।बाहिर उनको फ्यानहरु नाराजुलुस र ढुंगामुढामा उत्रिरहँदा उनी भने हिरासतमा उपन्यास पढ्न मै व्यस्त छन् । संचारकर्मी लामिछाने अहिले सुविन भट्टराईको चर्चित उपन्यास साया पढिरहेका छन् । हिरासतमा बन्दीहरुको भीडमा पनि म्याट ओछ्याइएको भूँइमा नै बसेर एक छेउमा गहिरिएर उपन्यास लगातार पढेको देखेपछि उनको किताब मोहलाई मानवअधिकार कर्मीहरुले पनि प्रशंसा गरेका छन् ।।

Related Articles

Back to top button