समाचार

बजार देखि गएकी भगवती घरमै पुगेपछि मृत्यु

काठमाडौँ : आफ्नै घर अगाडी जीपले किच्दा एक युवतीको मृत्यु भएको छ ।शुक्रबार बेलुका बझाङको जयपृथ्वी नगरपालिका–११ धामीलेकमा जीप दुर्घटना हुँदा सोहि स्थानकी ३० वर्षीय भगवती जोशीको मृत्यु भएको हो ।से १ज ७७६ नम्बरको जीपको पछाडीको चक्काले किच्दा जोशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।चैनपुरबाट जीपमा चढेर गएकी उनको घरमा पुगेर ओर्लिने क्रममा जीप पछाडी सरेर किचेको बताइएको छ ।युवतीलाई ठक्कर दिने जीप सहित चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडी बढाएको छ ।प्रकाशित : शनिबार, बैशाख २८, २०७६०५:४४२८ बैशाख, प्रहरीलाई बर्दीको दम्भ, बिच सडकमै कुटिए सर्वसाधारणगुल्मी – देश र जनताको सुरक्षमा घटिएका प्रहरीले बिच सडकमा सर्वसाधरणलाई कुटपिट गरे भन्दा अच्चम लाग्न सक्छ । तर प्रदेश नम्वर ५ को पहाडी जिल्ला गुल्मीको सदरमुकाम तम्घास स्थित मिलनचोकमा स्थानीय ३१ वर्षीय रेमलाल वस्याल प्रहरीद्वारा कुटिएका छन् ।बस्याल मोटर साईकल
चलाईरहेको समयमा एक नानीसँग झन्डै दुर्घटना भएन । त्यो घटना सामान्य नै भएता पनि प्रहरी प्रशासन जनता प्रति कत्तिको बफादार छ भन्ने

कुरा भने त्यो घटनाले प्रष्ट पारेको छ । दुर्घटना हुनबाट बचेकी नानी थिईन ट्राफिक प्रहरी स्याङ्जामा कार्यरत ट्राफिक प्रहरी शिवलाल जिसीकी छोरी ।घटना देख्नासाथ ट्राफिक प्रहरी जिसी झम्टिन लागे । मोटरसाईकल चालक वस्याललाई उनले कुटेनन् मात्र । “म प्रहरी हुँ मलाई कसैले केही पनि गर्न सक्दैन र प्रहरी कार्यालय पनि जान पर्दैन” भन्दै दम्भ समेत देखाए ।स्थानीय तथा पिडीत वस्यालले भने “कुटिरहेको बेला जिल्ला ट्राफिक कार्यालय गुल्मीमा कार्यरतको नाम स्पष्ट देखिएन तर अधिकारी थर गरेका ट्राफिक प्रहरीले यस्तालाई नकुटेर कस्तालाई कुटने त भन्दै हातपात गरे ।”शुक्रबार जिल्ला अस्पताल गुल्मीमा उपचार गराई फर्किएका वस्यालले सल्लेरी खबरसँग कुराकानि गर्दै भने “सदरमुकमा तम्घासको चोकमा त यसरि दिउसै सर्वसाधारण कुटिन्छन् भने अझ दुर्गमको अवस्था के होला ?”जिसीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको थियो भने मापसे जाँच गर्न स्थानीयले माग गरेका थिए । तर प्रहरीले केही समय पछि भन्दै आनकानी गरेको थियो ।जिल्ला प्रहरी कार्यालय गुल्मीमा सिमित राजनीतिक दलका प्रतिनिधि तथा सिमित पत्रकारलाई मात्र भित्र प्रवेश गर्न दिइएको थियो ।

Related Articles

Back to top button