समाचार

पुडासैनीको पो*स्ट*मार्ट*म रिपो*र्टमा नयाँ ट्विस्ट, भेटियो थप नयाँ प्रमाण

काठमाडौं । झु*न्डि*ए*को अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको पो*स्टमा*र्टम रिपो*र्ट चितवन प्रहरीमा पुगेको छ। तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन ।

‘पोस्ट*मार्ट*म रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लले भने, ‘हामी सबै प्रमाण जुटाउँदै छौँ । यस क्रममा थप नयाँ तथ्य पनि फेला परेको छ। अनुसन्धानपछि सबै तथ्य सार्वजनिक हुनेछ।’

झु*न्डि*एको अवस्थामा २० साउनमा भेटिएका पुडासैनीको २२ साउनमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पो*स्टमा*र्ट*म भएको थियो । अस्पतालले १० दिन लगाएर रिपोर्ट तयार पारेको हो।

पो*स्ट*मार्ट*म रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ।

पोस्टमार्टम र भिडियो ल्याब रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । २० साउन राति नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा झु*न्डि*ए*को अवस्थामा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनीको श*व फेला परेको थियो।, नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Related Articles

Back to top button