समाचार

पुडासैनीको भिडियोको फरेन्सिक ल्याब परीक्षण : नया प्रमाण भेटियो

काठमाडौं । झु*न्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको पो&स्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ । तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन । ‘पो*स्टमार्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लले भने, ‘हामी सबै प्रमाण जुटाउँदै छौँ । यस क्रममा थप नयाँ तथ्य पनि फेला परेको छ ।

अ*नुसन्धानपछि सबै तथ्य सार्वजनिक हुनेछ । पुडासैनीको २२ साउनमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पो*स्टमार्टम भएको थियो । अस्पतालले १० दिन लगाएर रिपोर्ट तयार पारेको हो । पोस्टमार्टम रिपोर्टसँगै मृ*त्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ ।

पो*स्टमार्टम र भिडियो ल्याब रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । २० साउन राति नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा झु*न्डिएको अवस्थामा पुडासैनीको श*व फेला परेको थियो ।

रवि लामिछानेविरुद्ध पुडासैनी पत्‍नीको किटानी जाहेरी

टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध पत्रकार सालिकराम पुडासैनीकी पत्नीले महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गरेकि छिन् ।

चितवनमा झु*न्डिएको अवस्थामा भेटिएका पत्रकार सालिकराम पुडासैनीकी पत्नी सम्झना पुडासैनीले आइतबार परिसरमा पुगेर रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

प्रहरीका अनुसार सम्झनाले आ*त्मह*त्यामा दुरुत्साहन गर्ने तीनैजनाविरुद्ध हदैसम्मको कारबाही माग गर्दै जाहेरी दिएकी हुन् । उनले काठमाडौंमा दर्ता गरेको जाहेरी चितवन पठाउने तयारी भइरहेको बोगटीको भनाइ छ ।

लामिछानेसहित तीनविरुद्ध चितवनमा आ*त्मह*त्या दुरुसाहन मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

Related Articles

Back to top button