भिडियो

रवि लामिछाने बारे मुख खोले किशोर श्रेष्ठले,

रवि लामिछाने बारे मुख खोले किशोर श्रेष्ठले, जे भिडियो पाए त्यहि दिएको हु (भिडियो)काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले न्यूज २४ टेलिभिजनका चर्चित प्रस्तोत रवि लामिछानेलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिएका छन् । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा छानबिनका लागि रविसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि श्रेष्ठमाथि विभिन्न आशंका र आरोप लाग्न थालेको थियो ।

श्रेष्ठले रविलाई फसाउन खोजेको लगायतका आरोप लाग्न थालेपछि क्यानडानेपालका प्रतिनिधिलाई बोलाएर आफ्ना धारण सार्वजनिक गरेका हुन् । केही महिनाअघि श्रेष्ठ र रविबीच टकराव चलेको थियो । तर, आफूले रविप्रति कुनै रिस नसाँधेको श्रेष्ठको दाबी छ । बरु आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै उनले रवि दोषी हुन् वा निर्दाेष कानुनले भन्ने बताए । सोही क्रममा श्रेष्ठले रविलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिए ।

हेर्नुहोस् उनै श्रेष्ठसँग लिइएको भिडियो अन्तर्वार्ता:

किशोर श्रेष्ठका अनुसार भिडियो आफूलाई पुडासैनीको परिवारले दिएको र पत्रकारको नाताले त्यो भिडियो मैले समाचारको रुपमा बाहिर ल्याएको हो र यसमा मैले के गल्ति गरे र भन्दै प्रश्न समेत उठाए । किशोरले कुराकानीमा भने: “मैले के त्यो भिडियोलाई माटो मुनि दबाउनु पर्थ्यो कि लुकाउन पर्थ्यो ? खास के गर्न पर्थ्यो ? मैले कुनै ईडीट गरेको छैन जो आएपनि मेरो मोबाईल बाट झिकेर दिनसक्छु । भिडियो सत्य हो कि झुटो हो भन्ने अनुसन्धानको विषय हो । मेरो काम भनेको आएको समाचारलाई बाहिर ल्याउनु हो र मैले त्यहि गरेको हु तर अहिले मलाई दोष देखाउन तिर लागेको भिड देख्दा छक्क परे ।”

Related Articles

Back to top button