समाचार

भर्खरै।चितवन बाट आयो दुखद खबर

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्या घटनाका आरोपीसँग बयान लिने क्रम सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएर सकेको हो ।

प्रारम्भिक बयानका क्रममा मृत*क पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे लामिछानेसँग जानकारी लिइएको छ । कँडेल र कार्कीले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ ।

बयानमा के भने भनेर खुलाउन नसकिए पनि घटना थप अनुसन्धान गर्नु पर्ने पाटोमा गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले बताए । उनले नेपाल समयसँग भने- ‘थप अनुसन्धान आवाश्यक छ । त्यसका लागि तीनै जनाको म्याद थप गरिन्छ ।’

प्रहरीले अनुसन्धानका लागि तीनै जनालाई थप केहि दिन हिरासतमा राख्नु पर्ने देखिएकाले म्याद थपको तयारी गरेको छ । प्रहरीले आज अदालतसँग म्याद थपका लागि आग्रह गर्ने छ । स्रोतका अनुसार प्रहरीले कम्तिमा ५ देखि १० दिनको म्याद माग गर्ने भएको छ ।

यसअघि गत शुक्रबार अदालतले ५ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेललाई बिहीबार पक्राउ गरेको थियो ।

Related Articles

Back to top button