समाचार

ट्राफिक प्रहरीले बिरामी लाई कुटे

काठमाडौँ : शुक्रबार मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा एक ट्राफिक प्रहरी पक्राउ परेका छन् ।गुल्मीको सदरमुकाम तम्घासमा सोहि जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ अर्खलेका ३२ वर्षीय रेमलाल बस्यालमाथि हातपात गरेको आरोपमा एकजना ट्राफिक प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको हो ।तम्घासको लाँकुरीमञ्चमा रहेको पसलबाट अर्खलेस्थित आफ्नो घर तर्फ जाने क्रममा मिलनचोक सडकमा एक बालिकालाई उनी सवार मोटरसाइकलले सामान्य ठक्कर दिएपछि ट्राफिक प्रहरीले कुटपिट गरेको स्थानीयको आरोपका आधारमा पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकरी दिए ।दुई महिनाअघि मात्र पत्थरीको अप्रेशन गरेका बस्यालले मोटरसाइकलमा ठोक्किएकी बालिकालाई अस्पताल लैजानै लाग्दा ट्राफिक प्रहरीले हातपात गरेको स्थानीयले बिरोध जनाएका छन् ।प्रकाशित : शनिबार, बैशाख २८, २०७६०७:१ललितपुर : नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमायो। गीतमा अडियो इन्जिनियरिङ गरेका थिए उज्वल महतले। उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ। आफ्नै घरमा बुहारीको निर्मम हत्या गरेको आरोपमा अहिले उनी प्रहरी खोरमा छन्। उज्वलले गत मे महिनामाा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका छन्। उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन्। ‘एक्सीस ब्यान्ड’ मा संलग्न उनले ड्रमसेट बजाउने गरेको फेसबुक प्रोफाइलमा देखिन्छ।

महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार उनको परिवारमा कसैसँग नराम्रो थिएन। खिउजुका अनुसार विगत केही महिनादेखि अलि अस्थिर भएको देखिन्छ। परिवारसँग खासै राम्रो बोलचाल गर्दैनथे। यद्यपि दाजुभाइको सम्बन्ध सुमधुर थियो। छिमेकी उनलाई राम्रो छवि बनाइसकेका म्युजिसियनका रुपमा हेर्छन्। उनका चिनजानका साथीभाइ सभ्य र भद्र भन्छन्। एउटै घरमा बुबा-आमा, उज्वल उनकी श्रीमती र एक छोरासँगै भाइ बुहारी बस्थे। स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन्। बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे। दिउँसो ब १:३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे। ‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस्’, आमाको भनाइ उद्धृत गर्दै खिउजुले भने। बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए। बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको छ। खिउजुका अनुसार उनको घाँटी छिन्नै लागेको थियो। टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन्। प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ। बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो। पाटन अस्पतालले बी एण्ड बी पठाएको थियो। उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ। बुहारी अञ्जना विदेश जाने तयारीमा थिइन्।

Related Articles

Back to top button