समाचार

breaking << भर्खरै।चितवन बाट आयो खुसी को खबर. सेयर गरौ

breaking newes <<<पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत लगिएको छ । पत्रकार शालिकराम पुडासैनीलाई आ*त्मह*त्या गर्न दु*रुत्साहन गरेको अ*भियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज अदालत लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । गएको बिहिबार काठमाण्डौबाट पक्राउ गरेर चितवन ल्याईएका उनीहरुलाई पाँच दिन हि*रासतमा राखेर अ*नुसनधान गर्न अदालतले दिएको समय हिजो सकिए पनि अ*नुसन्धान बाँकी नै रहेकाले म्या*द थपको लागि आज जिल्ला अदालत लै लगिएको हो ।पुडासैनीको पो*ष्टमार्टम रि*पोर्ट आइसकेको र तीन जनाकै प्रा*रम्भिक चरणको बयान सकिएको जानकारी उहाँले दिनुभयो । पो*ष्टमर्टम रि*पोर्टमा पत्रकार पुडासैनीकोे आ*त्महत्या कै कारण ज्या*न गएको उल्लेख गरिएको छ । पुडासैनीले मृ*त्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू म*र्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घ*टनाबारे अ*नुसन्धान गरिरहेको छ । पछिल्लो जानकारी अनुसार प्रहरीले मागेको अर्को ५ दिनको हिरासतमा राख्न म्याद थप्ने बारे अदालत ले बदर गरेको छ ।।।यो सङै रबि सहित ३ जना लै आजै रिहा हुने अनुमान छ ।पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने मुछिएपछि यतिबेला सामाजिक सञ्जाल उनको पक्ष र विपक्षमा रङ्गिएका छन् । सामाजिक सञ्जालमा यही प्रकरण अहिले ट्रेन्डिङमा रहेको छ ।गत साउन २० गते चितवनको नारायणगढस्थित कङ्गारु होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भिडियोमा आफू मर्नुको मुख्य कारण लामिछाने, युवराज कँडेल र अस्मिता कार्की रहेको उल्लेख गरेका छन् । सोही भिडियो आधारमा आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा रवि लामिछानेसहित ३ जना अहिले चितवन प्रहरी हिरासतमा छन् । प्रहरीले लामिछाने, कँडेल र कार्कीलाई अनुसन्धानको लागि सोधपुछ गर्न भन्दै पक्राउ गरेर अदालतबाट म्याद थमाएर अनुसन्धान गरिरहेको छ । प्रहरीले लामो समय गोप्य राखेपनि उक्त भिडियो गत बुधबार मिडियामा सार्वजनिक भएको थियो । त्यसपछि पुडासैनी मृत्यु प्रकरण सामाजिक सञ्जाल फेसबुक, ट्विटरदेखि इन्स्टाग्राम र युट्युबमा भाइरल छ । सामाजिक सञ्जालमा सो प्रकरणमा – ‘सनसनीपूर्ण खुलासा, बाहिरियो रहस्य, गोप्य भिडियो, अपराधी पत्ता लाग्यो’ जस्ता शीर्षकहरु ट्रेन्डिङमा छन् । त्यस्ता शीर्षक राखिएका हजारौँ पोष्ट, भिडियो सामाजिक सञ्जालमा हजारौँ सेयर भएको छ । त्यस्तै, सर्वसाधारणलाई उत्तेजित पार्ने खालका भिडियोहरुको बिगबिगी छ ।प्रविधिको विकासँगै सामाजिक सञ्जालले आममानिसमा सूचनाको पहुँचलाई सहज बनाएको छ । तर, योसँगै यसको दुरुपयोगले भयानक रुप पनि निम्त्याएको पुडासैनी मृत्यु प्रकरणमा देखिएको छ ।

Related Articles

Back to top button