समाचार

सिंहदरबार भित्रै केसी मृत अवस्थामा फेला

काठमाडौं । मंङ्गलबार राष्ट्रिय योजना आयोग सिंहदरबारस्थित कार्यालयभित्रै मृ*त अवस्थामा फेला परेका नायब सुब्बा बच्चु केसीको साथबाट सु साइड नो*ट फेला परेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमा बुढाथोकीले केसीको साथबाट एक सु*साइड नोट भेटिएको पुष्टि गरे ।

कीर्तिपुरस्थित टौदहमा बस्दै आएका केसीले सु* साइड नोटमा ‘कसैलाई दो*ष नदिनु’ भनेर लेखेको डीएसपी बुढाथोकीले बताए । सोमबार बिहान कार्यालय आएपछि घर नगएको पाइएको छ ।

साँझ ५ः२७ बजे केसी बाहिर निस्केको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । त्यसपछि केसी राति ११ बजे कार्यालय छिरेको पाइएको छ ।

Related Articles

Back to top button