समाचार

म चाँडै मर्दिनँ, : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै नमर्ने बताएका छन्। गृहमन्त्रालयद्वारा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहीले आफूलाई चाँडै मरिगए हुन्थ्यो भन्ने चाहेको बताए।

‘म भोलि सिंगापुर जाँदैछु। केही दिनका लागि। अचम्म लाग्छ, कोही कति कमजोर भएछन् भने बाँचोस् कामना गर्छौं भन्ने छैन, मरिहालेदेखि हुन्थ्यो। मलाई त्यस्ता प्रवृतिहरुसँग केही भन्नु छैन र म स्वास्थ्य परीक्षण तथा उपचारका लागि जाँदै छु’, उनले भने,’आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न त्यस्तो चाहानेहरुलाई भन्न चाहान्छु,आउँदो चुनाव टफ हुनेछ।’

प्रधानमन्त्री ओलीले आफू अझै १५ वर्ष बाँच्ने समेत बताए। उनी उपचारका लागि बिहीबार सिंगापुर जाँदैछन्। उनको २०६४ साल असारमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता ‌ओली समय समयमा फलोअपका लागि सिंगापुर जाने गरेका छन्।

Related Articles

Back to top button