समाचार

होटलको भाडा तिरिदिने आश्वासन देखाई गरियो दिन दहाडै युवतीकाे बलात्कार

अर्घाखाँची। जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट पक्राउ गरेको हो।कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनले होटलको व्यवस्था मिलाइदिने तथा होटलको भाडासमेत तिरिदिने भनी आश्वासन देखाई होटलमा लगी दिनदहाडै करणी गरेको प्रहरीले जनाएको छ।खड्काले युवतीलाई मदिरा सेवन गर्न लगाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए। उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ।विराटनगर। उमेरले ६० नाघेका विदेशी नागरिक जाई वैशाख अन्तिमको तातो घाममा ढुङ्गा टिप्ने अनि ओसार्ने काममा व्यस्त थिए । उनले यसरी काम गर्न थालेको ५ दिन पुगिसकेको छ ।हरेक दिन बिहान ८ बजेदेखि साँझको ५ बजेसम्म उनी यसै गरी काममा लागेका छन् । वैशाखको २७ गतेको तातो घामका बीचमा खलखली पसिना पुछ्दै काम गर्दै गरेका जाईलाई यसरी दु:ख गर्नु उनको बाध्यता होइन । उनलाई नपुग्दो पनि केही छैन । उनी आफ्नो थोरै श्रमदानले धेरै ठूलो काम

हुन्छ भन्ने सोचेर न्यूजिल्याण्डबाट आएको बताउँछन् ।न्युजिल्याण्डबाटै आएका अर्का व्यक्ति पिटर पनि घर बनाउने काममा व्यस्त थिए । घर बनाउनको लागि प्रयोग हुने मसला बोक्ने जिम्मा उनको थियो । उनका साथीहरू बालुवा, गिट्टी र सिमेन्टको घोल बनाउँथे भने पिटरसहित अरू साथी त्यो बनाएको सामग्रीलाई भवन निर्माण भइरहेको ठाउँमा पुर्‍याउने अनि हाल्ने काम गर्थे ।उनको पनि उमेर ५० को हाराहारी हो । तराईको गर्मीमा बिहानै ८ बजे काममा आउने उनी दिउँसो १ बजे खाना खाने समय बाहेक ५ बजेसम्म निरन्तर काममा खटिन्छन् ।यसरी यो काममा लागेका २ जना मात्र होइन २६ जना न्यूजिल्याण्डबाट आएका हुन् । उनीहरू न्यूजिल्याण्डको विलटेक एजेन्सीका कर्मचारी हुन् । त्यहाँबाट श्रमदान गर्नको लागि आएको पिटरले बताए ।यसरी आएर काम गरेकाहरू कोही इन्जिनीयर हेड, कम्पनीका सञ्चालक, सिईओ तथा त्यस संस्थामा काम गर्ने सबै कर्मचारी रहेको पिटर बताउँछन् । सबै मिलेर काम गर्दा नहुने काम पनि सजिलै पूरा हुने उनको भनाइ छ ।ढुङ्गा, बालुवा तथा गिट्टीसँग खेलेर कन्ष्ट्रक्सनको काम निक्कै नै गाह्रो भएपनि काम गर्न रमाइलो भएको अर्का न्यूजिल्याण्डका नागरिक जोसले बताए ।मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ को धनपुरामा निर्माण हुँदै गरेको सुकुम्बासी बस्ती निर्माणका लागि श्रमदान गर्न उनीहरू यहाँ आएका

हुन् ।सोमवार आएका उनीहरू शुक्रवारसम्म काम गरे शनिवार फर्किएका छन् । यूएन ह्याबिट्याटको सहकार्यमा विराटनगर महानगरपालिका, साहारा नेपाल र जीवन विकास समाजको सहयोगमा धनपुरामा ६० वटा घर निर्माणको काम भइरहेको छ । अति बिपन्न सुकुम्बासी मुसहर समुदायका लागि घर निर्माण कार्य भइरहेको हो ।पहिलो चरणमा खोला किनारमा बसेर बाढी प्रभावित ३२ परिवारका लागि घर निर्माणको काम भइरहेको विराटनगर महानगरपालिका अधिकृत पुनम दाहालले बताए । अहिले विराटनगर महानगरपालिकाले भाडामा लिएको जग्गाका ती सुकुम्बासीलाई ल्याएर यहाँ व्यवस्थापन गरेपछि थप घरहरू निर्माणको काम हुने उनले जानकारी दिए ।विराटनगर महानगरपालिकाले यो धनपुराको मुसहर बस्ती निर्माणका लागि १ बिगाहा ४ कठ्ठा जग्गा उपलब्ध गराएपछि काम शुरू भएको हो । करीब २ महिनादेखि निर्माणको क्रममा साहारा नेपालले ३० र जीवन विकासले ३० वटा घर निर्माण गर्नेछन् । जसमा विराटनगर महानगरपालिकाले खानेपानी, ढल निकास, सडक, बिजुली र जग्गा व्यवस्थापनको जिम्मा लिएको छ । त्यहाँको संरचना निर्माणको काममा साहारा र जीवन विकासले गर्ने कामको प्राविधिक सहयोग यूएन ह्याबिट्याटले गर्ने छ ।२ कोठा, १ भान्सासहित शौचालय, स्नान गृह र बरण्डासमेत रहनेगरी नमुना घर निर्माण हुने छ । घर पूर्ण निर्माण भइसक्दा प्रतिघर ४ लाख ८० हजार खर्च हुनेछ । सहारा नेपाल सेवा केन्द्र विराटनगरका प्रमुख घनश्याम अधिकारीले पहिलो चरणमा निर्माण हुने ३२ घरमध्ये १६ वटा सहारा र १६ वटा जीवन विकासले नै निर्माण गर्ने बताए ।

Related Articles

Back to top button