समाचार

पत्रकार पुडासैनीको आत्मह:त्या प्रकरणमा चितवन र नुवाकोटका सांसदको एक स्वर रविबारे मुख खोले…

चितवन । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणपछि उत्पन्न भएको संघर्ष र आन्दोलनमा चितवन र नुवाकोटका सांसदहरुले निष्पक्ष छानविन हुनुपर्ने मत राखेका छन्।पत्रकार पुडासैनीकै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नुवाकोट– २ का नेकपा सांसद नारायणप्रसाद खतिवडाले अहिले अनुसन्धानको निष्कर्ष पर्खन बाहेक केही गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निष्पक्ष छानविन होस्। शालिकरामले न्याय पाउन्।

हुलहुज्जत गरेर अनुसन्धानमा बाधा पुर्याउन मिल्दैन । रवि लामिछाने र उनका साथी निर्दोष हुन् भने मुक्त हुनुपर्छ।’ चितवनकी कांग्रेस सांसद उमा रेग्मीले सरकारका पछिल्ला कामहरुका कारण सरकारप्रति विश्वास नभएर जनता सडकमा उत्रिएको बताउनुभएको छ। उहाँले शालिकराम पुडासैनीले न्याय पाउनु पर्ने र दोषीलाई हदैसम्मको कारबाही हुनुपर्नेमा जोड दिनुभयो। सांसद रेग्मीले यो प्रकरणमा हाल पक्राउ परेका सबैमाथि निष्पक्ष छानविन हुनु पर्ने र निर्दोष देखिएमा ससम्मान मुक्त गर्नुपर्ने उल्लेख गर्नुभयो।

सडकबाट न्याय नपाइने भएकोले राज्यका निकायहरुलाई आफ्नो काम गर्न दिनु पर्ने बताउनुभयो । चितवन –२ का नेकपाका सांसद कृष्णभक्त पोखरेलले राज्यका निकायहरुलाई सचेत गराउनुभएको छ। उहाँले प्रहरी, सरकारी वकिल, न्यायाधीशहरुले व्यवसायिक धर्म र निष्ठा नछाडी काम गर्नुपर्ने बताउनुभयो । आग्रह र पूर्वाग्रहबिना अनुसन्धान गर्ने र वास्तविक दोषी पत्ता लगाउनमा भूमिका निर्वाह गरिनु पर्ने पोख्रेले बताउनुभयो। उहाँले भन्नुभयो, ‘दबाब, जुलुस, धर्नाकै आधारमा कसैलाई पनि थुन्ने, छाड्ने गर्नु हुँदैन।

दबाब र प्रभावका आधारमा अनुसन्धान भएमा जनता आन्दोलिन हुन सक्छन् तर हामी तत्काल हुलतन्त्र होइन लोकतन्त्रतमा विश्वस्त हुनुपर्छ। सडकको हुलले कहिले पनि फैसला गर्न सक्दैन।’ शालिकराम आत्मह’त्या–रवि लामिछाने प’क्राउ प्रकरण संसदसम्म पुगेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुले पनि यस विषयमा निष्पक्ष छानविन हुनुपर्ने माग राखेका छन्। राष्ट्रिय सभाका सांसद खेमकुमार बिकले बुधबारको बैठकमा विशेष समय लिएर वर्तमान व्यवस्था उल्टाउन डलरको खेती गर्नेहरुले धमिलो पानीमा माछा मार्न खोजेको त होइन कतै ? भनेर प्रश्न उठाउनुभएको थियो।

पत्रकार शालिकराम पुडासैनीले साउन २२ मा नारायणगढको कंगारु होटलमा आत्मह’त्या गरेका थिए। उनले आत्मह’त्या अघि गरेको भिडियो रेकर्डमा आफूले रवि लामिछानेका कारण आत्मह’त्या गर्नु परेको बताएका थिए । भिडियो सार्वजनिक पछि चितवन प्रहरीले रवि लामिछाने, युवराज कँडेल र शालिकरामकी प्रेमिका भनिएकी अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। नेपाल आजबाट

प्रतिक्रिया दिनुहोस्

Related Articles

Back to top button