समाचार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रवि लामिछाने लाई भेटे

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेटेका छन्। शुक्रबार चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई खनालले भेटेका हुन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका लामिछाने र युवराज कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले संचारकर्मीहरु लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेका हुन्। उनले भ्रमणको क्रममा प्रहरी कार्यालय, हिरासत कक्षको निरीक्षण पनि गरेका थिए।

चितवनको प्रहरी कार्यालय भ्रमणपछि प्रहरी महानिरीक्षक खनालले नवलपरासीमा रहेको जिल्ला प्रहरी कार्यालयको पनि भ्रमण गरेको प्रहरीका सह-प्रवक्ता उमेशराज जोशीले जानकारी दिए।

Related Articles

Back to top button