समाचार

अन्ततः आयो खुसी को। खबर।

breaking << काठमाडौं, पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि लामिछाने अहिले चितवन प्रहरीको हिरासतमा छन् । पुडासैनीले आत्महत्या गर्नु अघि छोडेको भिडियो सन्देशमा रविको नाम पोलेपछि उनीसँग पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।लामिछाने पक्राउ परे देखि नै पक्ष र विपक्षमा बहस भइरहेको छ । सोही प्रकरणका विषयमा चिया पसल देखि सामाजिक सञ्जालसम्म चर्चा परिचर्चा भइरहेको छ । रविका समर्थकहरू सडकमै पुगेर आन्दोलन गरिरहेका छन् । नेता, कलाकार देखि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले लामिछानेलाई हिरासमै पुगेर भेटेका छन् । रविमा पक्षमा बरिष्ठ कलाकार देखि पूर्वप्रधानन्यायाधिस समेत देखिएका छन् । नाम चलेका कलाकारहरूले उनको समर्थनमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने भएका छन् । न्यायिक छानविनको माग गर्दै कलाकारहरूले शनिबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।पत्रकार सम्मेलन गर्न लागेका कलाकारहरूमा निर शाह, रामकृष्ण ढकाल, दीपकराज गिरी, दीपाश्री निरौला, शम्भुजित बाँस्कोटा, निखिल उप्रेती, रमेश उप्रेती, सञ्चिता लुइँटेल, अनुराग कुँवर, रमेश खरेल तथा विवेकशिल पार्टीकी नेतृ रञ्जु दर्शना लगायत रहेका छन् ।

Related Articles

Back to top button