भिडियो

रवि लामिछानेकि पत्नी निकिता लाई प्रहरीले कारबाहि गर्ने

पत्रकार टेकनारायण भण्डारीले रबिसग हिरासतमै लिए अन्तरबार्ता (पूरा हेरि शेयर गरौ )

हिरासतमा रहेका रवि लामिछानेको अन्र्तवार्ता र सन्देश सार्वजनिक गर्नेमाथि प्रहरीले कारबाहि गर्ने भएको छ।प्रहरीले रवि पत्नी निकिता पौडेल र अन्तरवार्ता लिने पत्रकार टेकनारायण भट्टराईमाथि छानबिन गर्ने भएको छ । चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएका छन्। उनले अनुसन्धानको घेरामा रहेका व्यक्तिको अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै कार्वाही गर्ने बताएका हुन्।

खाना पुर्याउन जाँदा रवि लामिछानेकि पत्नी निकिता पौडेलले रविको सन्देश सार्वजनिक गरेको बताइएको छ । निकिताले केहि दिन अघि रविको हिरासतबाटै यस्तो सन्देश पठाएका छन् भन्दै फेसबुकमा सार्वजनिक गरेकि थिइन् । यस्तै,हिरासतमा भेट्न गएका बेला पत्रकार टेक नारायण भट्टराईले अडियो अन्र्तवार्ता लिएका थिए ।सार्वजनिक भएको अडियो रेकर्डमा रविले चितवनका एसपी दानबहादुर मल्लले पूर्वाग्रही भएर छानबिन गरेको र अनुसन्धान अधिकृत माथि चोरको आरोप लगाएका छन् ।रविले मृतक पत्रकार पुडासैनीका परिवारलाई मल्लले नै आफूविरुद्ध किटानी जाहेरी दिन लगाएको पनि उल्लेख गरेका छन् । प्रहरी अनुसन्धानमा रहेका व्यक्तिले प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिने क्रममा बाहेक सार्वजनिक रुपमा आफूमाथि लागेको अभियोगबारे बोल्न मिल्दैन । गैरकानूनी रुपमा प्रतिबन्धित काम भएको भन्दै प्रहरीले निकितामाथि अनुसन्धान गर्न लागेको हो । रविको अडियो कसरी सार्वजनिक भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Articles

Back to top button