समाचार

रिहा भएका रवि लामिछानेलाई अदालतले राख्यो यस्तो सर्त

काठमाडौं। पत्रकार शालिकराम पुडासैनी प्र*करणका आ*रोपित सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कंडेल धरौटीमा रिहा भएका छन्। नर्स अस्मिता भनिने रुकु कार्की भने साधारण तारेखमा रिहा भएकी छन् ।

पुडासैनीलाई आ*त्म*ह*त्याका लागि दुरु*त्साहन गरेको आरोप लागेका रविलाई ५ लाख र युवराजलाई ३ लाख धरौटीमामा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको हो ।

रवि र युवराजलाई विदेशमा जानुअघि अदालतसँग स्वीकृत लिनुपर्ने र पुडासैनी आ*त्म*ह*त्या प्र*करणसम्बन्धी कुनै पनि विषयमा कार्यक्रम देखाउन नमिल्ने आदेशमा उल्लेख रहेको अदालत स्रोतले जानकारी दियो ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आइतवार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यससँगै रवि सहितका तीनै जना प*क्राउ परेको १२ दिनपछि रिहा हुने भएका छन् ।

यसअघि जिल्ला अदालतबाट २ पटक गरी १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले प्राप्त प्रमाणसहितको अनु*सन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मु*द्दा दा*यर गरेको थियो ।

पुडासैनीले आ*त्म*ह*त्या गर्नुअघि खिचेको भनिएको भिडियोमा रवि, युवराज र अस्मिताले आफूलाई मर्न बाध्य पारेको भनी आ*रोप लगाएका छन्।

Related Articles

Back to top button