समाचार

रवि लामिछानेले राजनीतिमा आउने

चितवन। टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताए ।

मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’

पत्रकार शालिकराम पुडासैनीको प्र*करणमा १० दिन हि*रासतमा बसेका रवि सोमबार ५ लाख धरौ*टीमा रिहा भएका थिए । हि*रासतको बसाइ नयाँ अनुभव भएको उनले बताए । हि*रासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसा*इँ*दो रहेछ भनेर आफूले बुझ्न पाएको लामिछानेले बताए ।

हि*रासतमा रहेकै बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृ*त्युको दो*षी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएकोबारे पनि पत्रकार सम्मेलनमा प्रश्न सोधिएको थियो । जवाफमा रविले त्यसको जिम्मा प्रहरी प्रशासनको भएको र उनीहरुले नसकेमा आफूले वाचा गरेको जिम्मेवारी पनि पूरा गर्ने बताए ।

Related Articles

Back to top button