समाचार

बालिकालाई बलात्कार गर्ने खड्का प्रहरी फन्दामा

प्रहरीले पथरी शनिश्चरे नगरपालिका–५ हसनदह बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभभियोगमा एक जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने ४६ वर्षीय देविन्द्र खड्का रहेका छन् । खड्कालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरी चौकी कुशेचौरीमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका खड्कामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।रुपन्देही । प्रदेश ५ मा भएका अधिकांश सवारी दुर्घटना चालकको लापर्वाहीका कारण भएको देखिएको छ । संयुक्त राष्ट्रसङ्घ नेपाल, बुटवल जेसिज, ट्राफिक प्रहरी प्रदेश ५ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा आज बुटवलमा भएको सडक सुरक्षासम्बन्धी कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालकको लापर्वाहीका कारण ३९९ दुर्घटना भएको तथ्याङ्क प्रस्तुत गरेको छ ।यो आर्थिक वर्षको चैतसम्म भएका ७७८ सवारी दुर्घटनामध्ये सबैभन्दा धेरै चालकको कमजोरीले भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले बताए । तीव्र गतिका कारण २८१ दुर्घटना भएका छन् । यस्तै यात्रुको गल्तीका कारण १९, ओभरटेकका कारण १६ वटा दुर्घटना भएका छन् । यान्त्रिक गडबढीका कारण २७, मादक पदार्थ सेवनका कारण १२, ओभरलोडका कारण दुई र मौसमको अवस्थाका कारण पनि दुई वटा सवारी दुर्घटना भएको प्रहरी निरीक्षक सारुले जानकारी दिए । यी दुर्घटनामा ४५१ वटा सवारीमा क्षति पुगेको छ ट्राफिक प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार यो आर्थिक वर्षको आठ महीनामा एक हजार ८६ सवारी दुर्घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै ५०५ वटा मोटरसाइकल दुर्घटना भएका छन् । प्रहरी निरीक्षक सारुले हरेक वर्ष

सडक दुर्घटना बढेका कारण न्यूनीकरणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी सरोकारवालाले सडकको
सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि साझा प्रतिबद्धता जनाए । सडक सुरक्षित नहँुदा नागरिक असुरक्षित भएकाले सबैले मिलेर पहल गर्नुपर्नेमा उनीहरुको जोड थियो ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सडक सुरक्षाका लागि विद्यालयस्तरबाटै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख रमेश गौतमले भौतिक संरचनाको अभाव र अनलाइन सेवामा सुधार हुन नसकेका कारण सोचेअनुरुप काम हुन नसकेको धारणा राखे । संयुक्त राष्ट्रसङ्घ नेपालका कार्यक्रम विश्लेषक सुदीप अर्यालले जीवनरक्षाका लागि राष्ट्रसङ्घले विश्वभरी सडक सुरक्षा सप्ताह मनाइरहेको बताए ।कार्यक्रममा यातायात व्यवसायी रामचन्द्र भुसाल, विष्णु काफ्ले, टिपर व्यवसायी तोया लम्साल, ई–रिक्सा व्यवसायी उदय परियारले सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि स्थायी र प्रदेश सरकारले सक्रियता बढाउनुपर्ने बताए । बुटवल जेसिजका अध्यक्ष नरदेव न्यौपाने, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष डिपी खनाल, पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, प्राध्यापक बाबुराम पाण्डे, बुटवल महिला जेसिजका अध्यक्ष लक्ष्मी थापा, नील हिरा समाजका अध्यक्ष आनिक राना, इञ्जिनीयर अरुण खत्रीले सडक सुरक्षाका लागि सवारी दुर्घटनाका कारण पहिचान गरेर समस्या समाधान गर्नुपर्ने बताए ।कार्यक्रममा विद्यार्थी नवीन पुरी, रितु घिमिरे, अस्मिता भारती सविन पाठकलगायतले जेब्राक्रसिङ, सडक लेनको प्रयोग र सडक सुरक्षाबारे सचेतनाका लागि सडक केन्द्रित अभियान चलाउन आग्रह गरे ।

Related Articles

Back to top button