भिडियो

रवि लामिछाने काठमाडौं आइपुगे

काठमाडौं । चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिँदा उनलाई समर्थकहरुले पञ्चेबाजासहित स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए ।पत्रकार शालिकराम पुडासैनीको गएको साउन २० गते भएको रह*स्यमय नि*धन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेको थियो ।सोमबार चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी छन्

Related Articles

Back to top button