समाचार

भर्खरै चितवन बाट आयो यस्तो दुखद खबर,

भरतपुर। पत्रकार शालिकराम पुडासैनी प्रकरणको अनुसन्धानका लागि रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकले १० दिन सम्म चितवनमा नाराजुलुस र प्रदर्शन गरिरहे । रवि छुटेको भोलीपल्ट पनि चितवनमा भब्य सभाको आयोजना भयो । र्याली, सभा र आन्दोलनमा हजारौं मानिस जम्मा भए । ति हजारौंले प्रयोग गरेको पानीका बोतल, खाजा खाएर पालेका प्लाष्टिक र अन्य फोहर जन्य चिजले चितवन अहिले कुरुप बनेको छ ।

रवि चितवनको प्रहरी हिरासतमा रहँदा सम्म भिडभाड रहेको चितवन अहिले सुनसान भएको छ भने अर्कोतिर फोहर यत्रतत्र छरिएका छन् । फोहोरका कारण चितवनको भरतपुर दुर्गन्धित बनेको छ ।रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका समर्थकहरुले गरेको फोहोरका कारण वातावरण दुर्गन्धित बनेको भन्दै भरतपुरबासीले गुनासो गरेका छन् । भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयसँगै, जिल्ला अदालत अगाडिको सडकमा फोहर यत्रत्यत्र फालिएको अहिले पनि देख्न सकिन्छ।

रवीका समर्थकहरुले केही ठाउँका सडकमा टायर बालेर समेत प्रदर्शन गरेका थिए। आन्दोलनका लागि बालिएको टायरको धूलो खरानीले समेत सडक कुरुप बनेको छ।
‘रविका समर्थकहरुले पानीका बोत्तल, विभिन्न कागजलगायतका फोहोर सडकमै फालेर गएका छन्,’ एक होटेल व्यवसायीले भने, ‘महानगरपालिकालाई पनि फोहोर उठाउन समस्या भएको छ।

रविले नरायणी नदीका किनारमा भाषणका क्रममा पटकपटक भनेका थिए, “कृपाया कसैले फोहोर नगरिदिनु होला, फोहोर गरेपनि कृपया उठाईदिनु होला” तर,रविले भनेका उक्त कुरा समार्थकले वास्तै गरेनन् ।

Related Articles

Back to top button