समाचार

सालिकराम का ससुरा मिडियामा,

काठमाडौं। बेलकोटगढी–३ स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा पढ्थे शालिक । सँगै पढ्थिन् स्थानीय सम्झना । नौ कक्षा पढ्दादेखि नै दुईबीच प्रेम बस्यो । एसएसली दिँदासम्म प्रेम उत्कर्षमा पुग्यो । परीक्षामा दुवै पास भए । लगत्तै राजीखुसीमै दुईबीच विवाह भयो । त्यही वेलादेखि शालिक श्रीमती सम्झनालाई लिएर काठमाडौं बस्दै आएका थिए ।

बेलकोटगढी–३ का वडाध्यक्षसमेत रहेका सम्झनाका बुबा जनककुमार घिमिरेले भने, ‘म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिएँ । दुईबीच प्रेम बसेको हल्ला सुनेको हुँ । पछि शालिकका परिवार माग्न आए । राजीखुसीमै बिहे गरिदिएँ ।’ बिहेपछि उनीहरूबीच तनाव भएको आफूले कहिल्यै पनि जानकारी नपाएको उनले बताए । ‘ज्वाइँले पेसामा त नाव छ भन्थे, तनाव छ भने जागीर छोडिदेउ भनेको थिएँ तर उनले जीवन नै छोडिदिएको खबरले म पनि स्तब्ध छु,।’

राति १०:३० बजेको त्यो खबर… २० साउनको राति १०:३० बजे, अनन्तराम सुतिसकेका थिए । मोबाइलको एकोहोरो घन्टीले उनको निद्रा भंग गर्‍यो । नम्बर हेरे, चिनेकै झैँ लाग्यो । फोन उठाए । जब खबर सुने, भाउन्न छुट्यो । घरको जगै हल्लिएझैँ भयो । ढलुँला–ढलुँला भएका उनी बल्लतल्ल सम्हालिए । सँगै सुतेकी श्रीमती मीनकुमारीलाई खबर सुनाए । उनी झन् भक्कानिन थालिन् । पीडामाथि पीडा थपियो । हत्तपत्त बाहिर निस्किएर नजिकै रहेका छोराकहाँ पुगे । घटनाबारे थप बुझ्न अह्राए । विष्णु पुडासैनीले त्यस्तै गरे ।

शालिकको मृ त्यु नै भएको पक्का भयो । घटनास्थल पत्ता लागेपछि सँगै रहेका छोरासहित अनन्त रातको ११ बजे नै घरबाट निस्किए । चितवनको कंगारु गेस्टहाउसस्थित घटनास्थल पुग्दा बिहानको ९ बजिसकेको थियो । घटनास्थललाई प्रहरीले सिल गरिसकेको थियो । प्रहरीको सहयोगमा अनन्त घ टनास्थल पुगे । सिलिङमा झु न्डि रहेका शालिकलाई देखे । अवाक् बनेका उनको आँखाबाट आँसु बगिरह्यो, केही बोल्न सकेनन् ।

आइतबार रिस्टेटारस्थित घरमा भेटिएका उनले भने, ‘छोराको आ त्मह त्या हो कि ह त्या भेउ पाउन सकिएको छैन । ऊ आ त्मह त्या गर्ने खालको मान्छे थिएन । एकाएक भिडियो सार्वजनिक भएछ । मैले पछि भेटेँ । हेर्नै सकिनँ । कसैले आ त्मह त्या गर्न बाध्य पारेको हो कि जस्तो भिडियो हेर्दा थाहा भयो । त्यही आधारमा जाहेरी हालेका छौँ । के हुने हो केही पत्तो छैन ।’

परिवारका अनुसार शालिक विवाहलगत्तै श्रीमती सम्झनासँग काठमाडौंमै बस्दै आएका थिए । उनले सेक्युरिटी गार्ड सप्लाई गर्ने कार्यालय सञ्चालन गरेका थिए । पछिल्लो दुई वर्षपछि भने रवि लामिछानेले सञ्चालन गर्ने ‘सीधा कुरा जनतासँग’को टिममा आबद्ध थिए । केही महिनाअघि त्यो पनि छाडेर माउन्टेन टिभीतर्फ लागेका थिए । यीबाहेक परिवारका सदस्यलाई शालिकबारे अन्य जानकारी छैन । जसले गर्दा शालिकको मृ त्युबारे परिवारका सदस्य बिल्कुल अनभिज्ञ छन् ।

शालिकका माइला दाइ विष्णुले भने, ‘आवश्यक परेको सामग्री ल्याउँथ्यो । कहिलेकाहीँ टेलिफोनमा कुरा हुन्थ्यो । सन्चो बिसन्चो बाहेक अन्य खासै सोधखोज हुन्न थियो । त्यसो हुँदा उनको विस्तृत जानकारी कसैलाई थाहा छैन । एक्कासि उनको मृ त्यु भएको खबर आयो । यस्तो कसरी हुन सक्यो, हामी छक्क परेका छौँ ।’ नयाँ पत्रिका दैनिकबाट

Related Articles

Back to top button