समाचार

शालिकराम मृत्यु प्रकरण त्यो दिन कंगारु होटलमा भएको के थियो

काठमाडौं । पत्रकार शालिकराम मृत्यु प्रकरणमा ‘साउन २० गते होटल कङ्गारुको रुम नम्बर २०२ मा भएको के थियो ?’ शीर्षकमा पत्रकार उमेश श्रेष्ठले एउटा अनुसन्धानात्मक ब्लग लेखेका छन् । सबै पक्षसँग उनले चितवनबाट फर्किएपछि उनले माइसंसारमा ब्लग लेखेका हुन । समय सान्दर्भिक लागेर हामीले सोहि ब्लगको यो अंश साभार गरेका छौं ।त्यो दिन कंगारु होटलमा भएको के थियो शालिकरामको मोबाइलको प्राविधिक विश्लेषण र अन्य प्रमाणहरुबाट त्यो दिन के भएको थियो भन्ने प्राविधिक रुपमा पनि पुष्टि भइसकेको छ। साउन २० गतेका दिन बिहान ६ बजेर ३५ मिनेटमा शालिकरामले अस्मिताकी एक साथीलाई फोन गर्छन्। बिहान ६ बजेर ४० मिनेटमा अस्मितालाई फोन गर्छन्। त्यतिबेला उनको लोकेसन गोंगबुको वसन्तनगर देखाउँछ। तर बिहान ९ बजेर ४४ मिनेटमा उनको मोबाइलको लोकेसन कलंकी देखिन्छ। त्यतिबेला उनले श्रीमती सम्झनालाई फोन गरेका हुन्छन्।त्यसैगरी दिउँसो १ बजे ३ मिनेटमा मलेखु पुगेको देखिएको छ। त्यतिबेला पनि उनले श्रीमतीलाई नै फोन गरेका हुन्छन्। यसले उनी त्यो दिन काठमाडौँ बाहिर जाने भन्दै बिहानै घरबाट निस्केको देखिन्छ। दिउँसो ३ बजे आसपास उनी चितवन पुग्छन्। सबैभन्दा पहिला लमजुङ होटलमा कोठा खोज्न पुग्छन्। त्यो होटलका साहुले प्रहरीलाई बताए अनुसार शालिकराम अन्दाजी ३ बजेर १० मिनेटमा कोठा खोज्न त्यहाँ पुगेका थिए। प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘होटलको काउन्टरमा कोठा खोज्दै एक्लै आएका थिए। मैले १०८ नम्बरको कोठा देखाएँ।’

‘कोठा देखाएपछि होटलको कोठामा सिलिङ फ्यान रहेनछ, गर्मी हुन्छ होला। कोठा गनाएको पनि छ, वालपङ्खाले त्यति राम्रो हावा दिँदैन होला भनी निस्की हिँडे।’ सिलिङ फ्यानै भएको कोठा रोज्नुको कारण के हुनसक्ला? के उनी झुण्डिने योजनै बनाएर काठमाडौँबाट हिँडेका थिए? त्यहाँबाट निस्केपछि उनको रोजाइमा पर्छ होटल कंगारु। कंगारुका साहुका अनुसार उनी त्यस्तै ३ बजेर १५ मिनेटमा त्यहाँ आएका थिए। होटल साहु कार्कीका अनुसार एक्लै आएका शालिकले सोधेका थिए- ‘कोठा छ?’ कोठा देखाइदेऊ त ! उनले होटलका कर्मचारीलाई अह्राए। तेस्रो तल्लामा रहेको रुम नम्बर २०२ देखाएपछि उनले कोठा मन पराउँछन्। कोठामा सिलिङ फ्यान पनि हुन्रिसेप्सनमा आएर उनले गेस्ट रजिस्टर कार्ड भर्छन्। ८ सय रुपैयाँ पर्ने रुम बुक गरेर उनले एडभान्स वापत् ५ सय रुपैयाँ दिन्छन्। त्यसपछि उनी फेरि माथि कोठामा नै जान्छन्। त्यसपछि होटलबाट कहिले शालिकराम बाहिरिए, होटल साहुलाई याद छैन। ‘मैले याद गरिनँ कतिबेला बाहिरिए, यसरी पत्रिका पढेर बसिरहँदा याद हुन्न नि’, रिसेप्सन छेउको सोफामा बसेर उनले मलाई भने। सिसिटिभी फुटेज अनुसार उनले डोरी किनेको पसलमा दिउँसो ३ बजेर ३२ मिनेटदेखि ३ बजेर ४० मिनेटसम्म देखिन्छन्।

त्यसपछि उनी फेरि होटल कंगारु फर्कन्छन्। फर्केको भने होटल साहु कार्कीलाई याद छ। किनभने शालिकरामले एक बोतल पानी लगेका थिए र साथमा भनेका थिए, ‘मलाई सादा खाना बनाइदिनु होला। माथि ल्याउनु पर्दैन, म तल नै आउनेछु।’ रुम नम्बर २०२ मा बसेर उनले ४ मिनेट ५८ सेकेन्डको पहिलो भिडियो ३ बजेर ५४ मिनेट ५१ सेकेन्डमा खिच्छन्। लगत्तै सोही कोठामा बसेर ८ मिनेट २७ सेकेन्ड लामो दोस्रो भिडियो दिउँसो ४ बजेर १ मिनेट १७ सेकेन्डदेखि खिच्न थाल्छन्भिडियो रेकर्ड गरे लगत्तै उनी झुण्डिएका भने हैनन्। भिडियोमा गन्जी लगाएको छ, तर झुण्डिएको अवस्थामा शर्ट प्यान्ट लगाएको छ भनेर पनि प्रश्न उठेका थिए। भिडियो रेकर्ड गरिसकेपछि पनि ४ बजेर २२ मिनेटमा श्रीमती सम्झना घिमिरे पुडासैनीले कल गरेको देखिएको छ। त्यसैगरी ४ बजेर २४ मिनेटमा शालिकरामको एनसेल नम्बरमा पनि श्रीमतीले फोन गरेको देखिन्छ। ४ बजेर ३६ मिनेटमा उनको मोबाइलको जिपिआरएस एक्टिभ भएको देखिएको छ। त्यसैगरी ४ बजेर ३६ मिनेटमा पूजालाई ४/५ पटक फोन गरेको देखिन्छ तर रिसिभ भएको देखिन्न। ४ बजेर ३८ मिनेटपछि उनको मोबाइल इनएक्टिभ देखिन्छराति साढे ८ बजेसम्म पनि खाना खान नआएपछि होटल साहु कार्कीले कर्मचारीलाई २०२ को गेस्टलाई खाना खान बोलाउन अह्राउँछन्। ‘ढोका खोलेन’ भनेर कर्मचारी फर्कन्छन्। उनले फेरि अर्को कर्मचारीलाई पठाउँछन्। ऊ पनि ढोकै खोलेन भन्दै फर्कन्छ। त्यसपछि होटल साहु आफै जान्छन् र कोठा ढकढक गर्छन्, खोल्दैनन्। त्यसपछि होटल साहुको मनमा चीसो पस्छ। ‘तर त्यस्तो होला भन्ने थिएन,’ होटल साहु कार्कीले गएको शुक्रबार हामीलाई भने, ‘कोही कोही गेस्ट त मस्तसँग केही चाल नपाई सुतिदिने पनि हुन्छन्।’

तर त्यत्रो बोलाउँदा पनि नखोलेपछि अर्का होटल व्यवसायी राजन श्रेष्ठलाई फोन गर्छन्, ‘हेर्नु न एक जना गेस्ट खाना खान बोलाउँदा न बोल्छ न ढोका खोल्छ।’ ‘उनकै सल्लाहले यहाँ बसपार्कमा नै ड्युटीमा रहने प्रहरी खोज्न गयौँ। अर्को पनि एरिया होला उनको, यहीमात्र त हैन। शायद् अर्को ठाउँमा गएको थियो कि, नभेटेपटि मैले वडा प्रहरी कार्यालय नारायणगढमा खबर गरेको हुँ।’ उनका अनुसार त्यसरी खबर गरेपछि दुई जना प्रहरी मोटरसाइकलमा आउँछन्। उनले सब कुरा बताउँछन्। ‘पुडासैनी सर,’ प्रहरीले बोलाउँछ। कसैले बोल्दैन। त्यसपछि प्रहरीले ढोका खोलौँ भनी फुटाई हेर्दा सिलिङ फ्यानमा झुण्डिएको देखिन‘प्रहरीले त्यसपछि हामी कसैलाई प्रवेश गर्न नदिई घटनास्थल सुरक्षित गरी राखी भोलिपल्ट साउन २१ गते मृतकका आफन्तहरु आइसकेपछि बल्ल लाश जाँच मुचुल्का गरी लाश पोस्टमार्टमका लागि अस्पताल लगेका हुन्।’ होटल कंगारु कोठा नम्बर २०२ को रेखाचित्र र त्यहाँ देखिएको वस्तु। नम्बरमा माउस लग्नुस्, विवरण देखिन्छ। तल रेखाचित्र नखुले यहाँ क्लिक गर्नुस्।

शरीरमा निलडाम, चोटपटक कसरी?
शालिकरामको शरीरमा कुटेको डाम र चोटपटक कसरी देखियो भनेर सामाजिक सञ्जालमा भ्रमपूर्ण फोटोहरु पनि पोस्ट भए। एउटा फोटोको फ्याक्ट चेक गर्ने क्रममा त्यो कास्मिरको फोटो रहेको पनि खुल्यो। शरीरमा निल डाम देखिएका हुन् तर हल्ला फैलिएपछि त्यो प्राविधिक विषयलाई प्रहरीले विज्ञलाई भन्न लगाएर चिर्ने काम गर्नुपर्थ्यो। झुण्डिएर मरेको केही समयपछि रक्त सञ्चार रोकिन्छ र गुरुत्वाकर्षणका कारण रगत जमेर शरीरमा त्यस्तो नीलो देखिने गर्छ। यत्रो चासोको विषयमा प्रहरीले प्रेस कन्फ्रेन्स गरी पोस्टमार्टम गर्ने डाक्टरलाई राखेर भन्न लगाएको भए भइहाल्थ्यो।खुट्टामा देखिएको चोटपटकको कुरा गर्दा भोलिपल्ट परिवारका सदस्यहरु चितवनमा आएको दिन हत्या भन्ने कुरामा बवाल हुँदा त्यही होटलमै शालिकरामकी श्रीमतीले ‘यो केटीको लफडाले भएको कुरा हो, पाप नबोलौँ, त्यो खुट्टाको डाम अगाडि नै मोटरसाइकल एक्सिडेन्टमा पर्दा साइलेन्सरले लागेर भएको हो’ भनेर बोलेको सुन्नेहरु नै रहेछन्। शालिकरामको मोबाइलको डिजिटल फरेन्सिक ल्याब (DFL) मा अनुसन्धान हुँदा फेब्रुअरी १९, २०१९ मा खिचेको खुट्टामा घाउचोट लागेको र ब्यान्डेज गरेका चार वटा फोटोहरु पनि ‘रिकभर’ भएको छ। डिजिटल फरेन्सिक ल्याबबाट डिलिट भएका फोटो र भिडियोहरु पनि निकाल्न सकिन्छ। ती फोटोहरुले चोट पुरानै हो भन्ने पुष्टि गरेको छ।
DFL मा परीक्षण गर्दा शालिकरामको मोबाइलमा भेटिएको फेब्रुअरीको फोटो जसमा खुट्टामा घाउ देखिन्छ। यसैको दागलाई रडले हानेको, करेन्ट दिएको भनेर हल्ला गरियो। DFL मा परीक्षण गर्दा शालिकरामको मोबाइलमा भेटिएको फेब्रुअरीको फोटो जसमा खुट्टामा घाउ देखिन्छ। यसैको दागलाई रडले हानेको, करेन्ट दिएको भनेर हल्ला गरियो। यी सब प्रमाण अदालतमा प्रस्तुत गरिएका छन्।खुट्टा बेडमा छुने गरी कसरी झुण्डिए?
शालिक झुन्डिएको अवस्थामा फेला पर्दा देखाइएको दृश्यमा एउटा खुट्टा बेडमा छोइरहेको अवस्थामा देखिएको छ। तर होटल साहुका अनुसार शुरुमा लाश देखिएको अवस्थामा त्यो खुट्टाले बेड छोएको थिएन। पछि लाश धेरै समय झुन्डिदा झोलिंदै गएर बेडमा छोएको रहेछ। क्राइम सिन देखेका प्रहरीहरु यस्तो सम्भव भएको बताउँछन्। अझ अलि लामो समय भयो भने त शरीरका अङ्ग अङ्ग समेत झर्न थाल्छन्। झुण्डिएको अवस्थामा साउन २० गते राति पौने १० बजे भेटिएपछि पुलिसले त्यो कोठा सिल गरेको थियो। नुवाकोटबाट परिवार र आफन्तजनहरु नआएसम्म कोठालाई सिल गरिएको थियो। भोलिपल्ट बल्ल मुचुल्का गरिएको थियो।

करेन्ट लगाइएको थियो?
फेसबुक र युट्युबका भिडियोहरुमा करेन्ट लगाएको ठोकुवा नै गरिएको थियो। तर करेन्ट लगाएर मारेको भए केही न केही संकेत त हुन्थ्यो नि। ती चोटपटकहरु पुरानो रहेको शालिकरामकै मोबाइलमा भेटिएका पुराना फोटोहरुले पुष्टि भइसकेको छ। करेन्ट लगाएका कारण मृत्यु भएको पनि देखिएको छैन। मृत्युको कारण पोस्टमार्टम रिपोर्टमा स्पष्ट रुपमा HANGING अर्थात् झुण्डिएको भन्ने छ। झुण्डिएको अवस्थामा हुने लिगायचर मार्क पनि छ। त्यसैले करेन्ट लगाइएको भन्ने कुरा हचुवा हल्लामात्रै भएको पुष्टि भइसकेको छमुचुल्का उठाउँदाको भिडियोमा प्रहरीले नै रडले हानेको भनेको छ त!मुचुल्का उठाउने क्रममा नुवाकोटबाट ३० जना जति आफन्त साथीभाइ आएका थिए। उनीहरुले मृत्यु शंकास्पद रहेको भन्दै हत्याको शंका गरे। होटल साहुलाई दोष दिए। त्यही बेला खिचिएको भिडियोमा एउटा रातो सर्ट लगाएका व्यक्तिले रडले हानेको बोलेका छन्। सर्वसाधारणलाई लाग्यो, त्यो मान्छे पुलिस नै हो।

यो भिडियो हेर्नुस् यसमा रातो लुगा लगाउनेले भनेका छन्- माथि त केही देखिएन, तल चैँ देखियो। तल चाहिँ चार पाँच ठाउँमा रडले हानेको, एउटा गोडामा चार ठाउँमा हानेको र एउटा गोडामा एक ठाउँमा हानेको देखियो। यत्तिकैमा भिडियोमा अनुहार नदेखिएका अर्कोले भन्छन्- हानेर मार्न नसकेसि चैँ झुण्ड्याएर मारेको झैँ लाग्यो। ‘बाहिरबाट मारेर ल्याएको हुनुपर्छ,’ अर्कोले थप्छ। फेरि त्यही रातो लुगा लगाउने बोल्छन्- मारेर ल्याए हैन। उ (हाउभाउ गरेर) गर्‍यो अनि के प्रमाण हुन्छ भनेर झुण्ड्याइदियो। हुँदाहुँदा सामाजिक सञ्जालमा त्यो बोल्ने र रवि लामिछाने र युवराज कँडेललाई पक्रन जाने प्रहरी एउटै हो भनेर समेत अनुमानकारिता गर्न भ्याए।वास्तवमा त्यो रातो सर्ट लगाएर रडले हानेको छ भनेर बोल्ने नुवाकोटबाटै आएका पुडासैनी पक्षका व्यक्ति थिए। स्वभाविक रुपमा उनीहरुले त्यतिबेला आशंकाको बोली बोले। त्यसैलाई प्रमाण मान्नुअघि चाहिँ अलिकति लजिक पनि लगाउनु पर्ने हामीले। रडले हानेको भए त्यस्तो ५/६ वटा घाउ हुन्छ र भन्या, हड्डी नै भाँच्चिन्छ नि। अनि रवि र युवराजलाई न्युज २४ को कार्यालयमा गएर पक्रन गएको बेलाको फोटोमा देखिएका चाहिँ महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटी हुन्।‘मुचुल्का उठाइरहेको बेलाको त्यो भिडियोले प्रहरीको लापरवाही चाहिँ देखिन्छ। प्रहरीले क्राइम सिन प्रोटेक्सनका लागि केही गरेको देखिएको छैन। पब्लिक प्रवेश गरेका छन्, भिडियो खिचेका छन्। बेडमा जुत्ता नै लगाएर चढेको देखिन्छ’, पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्, ‘यसले निर्मला काण्डबाट प्रहरीले पाठ नसिकेको स्पष्ट हुन्छ।’ यो भिडियोमा हेर्न सकिन्छ ती दृश्य। रडले हानेको भए घाउमा रगत बग्नु पर्ने कि नपर्ने? अनि खै त घटनास्थलमा रगत एक थोपा पनि भेटिएको छैन त। त्यसैले यी सब हचुवा कुरा हुन्। पोष्टमार्टमबाट समेत यस्ता कुरा छर्लङ भइसकेको छ।

भिडियो कसले खिचेको ?
फेसबुके ब्युरो अफ इन्भेस्टिगेसनले तमाम शंकाका थ्यौरी लगाए पनि उनीहरु कोही पनि विज्ञ हैनन्। र विज्ञसहितको डिजिटल फरेन्सिक ल्याबले पुष्टि गरिसकेको छ- भिडियो शालिकरामकै सामसुङ ग्यालेक्सी J6 (Samsung SM-J600G) मोडलको मोबाइलको फ्रन्ट फेस क्यामेराबाट खिचिएको हो। त्यो भिडियोमा कतै कुनै छेडखानी गरिएको छैन। उनको मोबाइलमा दुई वटा भिडियो फाइल थिए – जसलाई एउटै बनाएर सम्पादनसमेत गरी ‘नेपालआज’ को युट्युब च्यानलमा सार्वजनिक गरिएको थियो। एउटा भिडियो ४ मिनेट ५८ सेकेन्डको छ भने दोस्रो भिडियो ८ मिनेट २७ सेकेन्डको छ। पहिलो भिडियो साउन २० गते दिउँसो ३ बजेर ५४ मिनेट ५१ सेकेन्डमा खिच्न सुरु भएको हो भने दोस्रो भिडियो अपराह्न ४ बजेर १ मिनेट १७ सेकेन्डमा।भिडियोमा सिरानी सुरुमा नदेखिएको पछि देखिएको आदि कुरा पनि भिडियो दुई पटक खिचेको कारण पोजिसन चेन्ज भएकोले हो। ‘किन’ भन्ने आवाज उनकै हो, भक्कानिएका कारण आवाज अलि फरक सुनिएको हो र लिप्सिङ हेरे प्रष्टै हुन्छ। आँखाको नानीमा मान्छे देखिएको कुरा अफवाह हुन्। सामान्य लजिक लगाउन सकिन्छ, यदि कसैले उक्त भिडियो जबर्जस्ति सो कोठामा बनाउन लगाएको मान्ने हो भने पनि किन शालिकले आफैले डोरी किनेर ल्याउँथे त ? कसैले डोरी किनेर ल्या जा भनेर पठाएको भए त्यतैबाट टाप ठोकिहाल्थे नि।आफैले खिचेको सेल्फी भिडियोमा नमस्ते गर्न कसरी सम्भव हुन्छ पनि भनिएको छ। तर यो सामान्य कुरा हो उत्तानो परेर सुतेको ब्यक्तिले दुबै खुट्टा खुम्चाएर मोबाइल च्यापेर सजिलै यो सम्भव छ।शालिकरामको सार्वजनिक भएको भिडियो ध्यान दिएर हेर्ने हो भने सुरुमा शालिकले आफ्नो हातले समातेर भिडियो खिचेको र पछि नमस्ते गर्ने बेला मुनि मोबाइल राखेको देखिन्छ। भिडियोको दृश्य त्यतिबेला हल्लिएको (प्राविधिक भाषामा जर्क भएको) बाट पुष्टि हुन्छ। भिडियोबारे ज्ञान भएको भिडियो एडिटरलाई सोध्दा यो बारे प्रष्ट हुन सकिन्छ।

यदि कसैले जबर्जस्ति बोल्न लगाएको भए त्यो कोठाको नजिकको दुबै कोठाको मान्छेले सुन्ने सम्भावना हुन्छ र शालिकले समेत मर्ता क्या न कर्ता भनेर कराउने चिच्याउने गर्न सक्थे। त्यसैले त्यसरी कसैले जबर्जस्ति गर्न सकिन्न। यदि कसैले शालिकलाई त्यो कोठामा योजनावद्ध ढंगले पुर्‍यायो कि भन्ने शंका गर्ने हो भने पनि शालिकलाई मोबाइलमा कसैले कुरा गरेको हुनु पर्‍यो जुन कुरा मोबाइलको प्राविधिक अनुसन्धानबाट समेत सजिलै पुष्टि हुन्छ। त्यस्तो कुनै सम्पर्क भएको देखिँदैन। प्राविधिक अनुसन्धानका क्रममा मोबाइलमा बिहान पूजा नाम गरेकी केटीसँग भएको देखिन्छ १६ मिनेट ३० सेकेन्ड।प्रहरीले उनीसित पनि भदौ १ गते नै सोधपूछ गरिसकेको छ। उनले त्यतिबेला शालिकरामले आफूलाई प्रेमिकाले रेप केसमा फँसाउन लागेको हो कि भनेर आत्तिएको र उनले नआत्तिनु मेडिकल लगायतका कुराहरु पनि आउँछन् नि भनेर सम्झाएको बताएकी छिन्। त्यो कुराकानीको अडियोसमेत रिकभर भएको हुँदा के कसो कुराकानी भएको स्पष्टै हुन्छ। त्यो कुराकानीबाट पनि शालिकराम आत्महत्या गर्ने स्थितिसम्म पुग्ने गरेर आत्तिएको प्रष्ट हुन्छ। यो आत्महत्या गरेको भन्ने तथ्यको corroborating evidence हो।सबभन्दा महत्वपूर्ण कुरा भनेको पोष्टमार्टम रिपोर्ट हो जसबाट अन्य कुनै तरिकाले पहिला मारेर झुन्डाएको वा झुन्डिएर मरेको भन्ने प्रष्ट हुन्छ । यसमा मृत्युको कारण झुण्डिनु उल्लेख छ। यदि कसैले मार्ने धम्की दिएर आफै झुन्डिन बाध्य पारेको पनि त हुन सक्छ नि भन्ने पनि आवाज नसुनिएको होइन। त्यस्तो हो भने गोली हाने पनि मर्ने, झुन्डिए पनि मर्ने भन्ने अवस्थामा जो कोहीले पनि आफ्नो बचाउ गर्न खोज्छ र त्यस्तो अवस्थामा शालिकले चिच्याउने कराउने गर्न सक्थ्यो। यो होटल एकान्त ठाँउमा नभई बसपार्क जस्तो भिडभाड हुने ठाउँमा अवस्थित छ । त्यसैले यो कुरा सम्भव छैन । हेर्नुस् परीक्षण

Related Articles

Back to top button