समाचार

मोटरसाइकल र पेस्तोल फालेर फरार

काठमाडौं । धनुषामा चेकजाँच गर्ने क्रममा बुधबार एक थान कटुवा पेस्तोल बरामद भएको छ । धनुषाको औरही गाउँपालिका–३ विकमपुरबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रसिंह धामीको नेतृत्वमा खटेको टोलीले चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोल बरामद गरेको हो ।सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको देखेपछि बीआर ३२ जीएच ७६२ भारतीय नम्बर प्लेटको गाडीमा सवार भएका मानिस मोटरसाइकल र हतियार फालेर फरार भएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो । राजधानी दैनिककाठमाडौं । आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनमा पाँच लाख धरौटी बुझाएर छुटेका संचारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे । सभामा हजारौं उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै झल्को दिने उक्त सभाका सहभागी भने फरक फरक सामाजिक र राजनीतिक पृष्ठभूमिका देखिन्थे ।बुधबार काठमाडौं फर्केका संचारकर्मी लामिछानेलाई पछ्याउनेको भीड पनि उस्तै थियो । फौजदारी अभियोगमा मुद्दा खेपिरहेका संचारकर्मीलाई पछ्याउने यति ठूलो संख्या कसरी निर्माण भयो ? रविलाई पछ्याउनेहरु सामान्य

प्रशंसक मात्रै हुन वा राजनीति, विधि र व्यवस्थाबाट दिक्क भएकाहरुको जनमत हो ? राजनीतिशास्त्री कृष्ण खनालको बुझाइमा सामाजिक संजालको माध्यमबाट जोडिएका र त्यसैबाट रविलाई पछ्याएकाको समूहलाई सामान्य ठानेर नजरअन्दाज गर्न मिल्दैन ।‘रविलाई पछ्याइरहेको र यही मुद्दामा जोडिएर आफ्नो मत राखिरहेको ठूलो समूहलाई परम्परागत राजनीतिबाट वितृष्णा भइरहेको जनमतका रुपमा पनि बुझ्न सकिन्छ,’ उनले भने । खनालका बुझाइमा राजनीतिक दलहरु परम्परागत सोचाइमा छन्, जबकि नयाँ पुस्ता प्रविधि, संचार र सामाजिक संजाल सम्पर्कले बदलिसकेका छन् । ‘धेरैजसो नेताहरु बदलिंदो दुनियाँबारे जानकार छैनन्, नयाँ प्रविधिबारे ख्याल छैन । केही केही सामाजिक संजाल छिरेका त छन् तर त्यो पनि अरुको सहयोगमा ।
उनीहरुमा समयअनुसार बदलिने सोच र सिक्ने चाहना दुवै देखिंदैन,’ उनले भने । यस्तो पृष्ठभूमिमा टेलिभिजन, सामाजिक संजाल र युट्युबमार्फत लामिछाने जर्बजस्त रुपमा उदाएका हुन । कान्तिपुर दैनिक

Related Articles

Back to top button