समाचार

भारतलाई खतराको संकेत, पाकिस्तानले गर्यो शक्तिशाली मिसाइल

भारतलाई खतराको संकेत, पाकिस्तानले गर्यो शक्तिशाली मिसाइलको काठमाडौँ । पाकिस्तानले आफ्नो ब्यालिस्टिक मिसाइल गजनवीको सफलततापूर्वक परीक्षण गरेको छ। २९०देखि ३२० किलोमिटर सतहसम्म मार हानिएको गजनवी मिसाइल ७०० किलोग्राम विस्फोटन लैजान सक्ने क्षमताको रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यस परीक्षणका लागि पाकिस्तानले आफ्नो कराची एयरस्पेस बन्द गराएको थियो। पाकिस्तानले गजनवी मिसाइलको परीक्षण गर्नु दोस्रो राष्ट्रलाई चेतावनी दिनु रहेको छ। पकिस्तानले मिसाइल परीक्षण गर्नका लागि आफ्ना सेनालाई अलर्ट गर्नुका साथै कराचीका तीन वायु मार्ग समेत बन्द गराएको थियो। पाकिस्तानको नगर विमान प्राधिकरणले चार दिन अघिदेखि तीन वायु मार्ग बन्दको घोषणा गरेको थियो।

भारत र पाकिस्तानबीच भएकोे सम्झौता अनुसार कुनै पनि परीक्षण गर्नुअघि कम्तिमा ३ दिनअघि पूर्व सुचना दिनु पर्ने हुन्छ। पकिस्तानले भारतलाई यसको सुचना २६ अगस्टमा दिएको थियो। भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएका बेला पाकिस्तानले मिसाइन परीक्षण गर्नु भारतका लागि खतराको संकेत मानिएको छ।

Related Articles

Back to top button