भिडियो

अर्जुन क्षेत्रीले गरे रबि लामिछाने को डरलाग्दो भबिष्यवाणी

अर्जुन क्षेत्रीले गरे रबिको डरलाग्दो भबिष्यवाणी,२०८० देखि ०८५ साल भित्र लामिछाने प्रधानमन्त्री पक्का

चितवनका एसपी मल्लको चरित्र हत्या काठमाडौं –चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोली ‘अश्लिल स्टाटस’ राखिएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ ।चितवन प्रहरीले नक्कली फेसबुक एकाउन्ट खोली अश्लिल स्टाटस र फोटो पोष्ट गर्ने कार्यमा संलग्नमाथि अनुसन्धान भइरहेको जनाएको छ ।आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले खोलिएको नक्कली अकाउन्टबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतबाट अनुसन्धान भइरहेको एसपी मल्लले बताए । घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरमा ल्याउने एसपी मल्लले जनाए । पत्रकार शालिकराम पुडासैनी गत २० साउनमा नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मर्नुअघि खिचेको भिडियोमा शालिकरामले टेलिभिजनकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले मर्न बाध्य पारेका उल्लेख गरेका थिए । रविसहित तीनै जनालाई साउन ३० गते प्रहरीले अनुसन्धानको लागि भन्दै पक्राउ गर्यो । सोही दिन राती नै उनीहरुलाई चितवन लगियो ।रवि लामिछाने पक्राउ परेसँगै रविका फ्यानहरुले एसपी मल्लविरुद्ध नाराबाजी लगाउँदै राजीनामाको माग समेत गरेका थिए । सो समयमा विभिन्न व्यक्तिहरुसँग नाम जोड्दै सामाजिक सञ्जालमा एसपी मल्लको आलोचना पनि भएको थियो । लगत्तै रवि लामिछाने पक्राउ परेको भोलिपल्ट अर्थात

साउन ३१ (अगस्ट १६) मा एसपी मल्लको नाममा उक्त फेसबुक आईडी खोलिएको बताइएको छ । जसबाट मल्लको चरित्र हत्या हुनेगरी विभिन्न फोटो र स्टाटसहरु हालिएका हुन् ।के हुन्छ कारबाही सम्बन्धित व्यक्तिले निवेदन दिएको आधारमा सो कार्यमा संलग्नलाई पक्राउ गरेर साइबर अपराध अन्तर्गत कानुनी कारबाहीको प्रक्रियामा जाने केन्द्रीय सहायक प्रहरी प्रवक्ता उमेशराज जोशीले रातोपाटीलाई जानकारी दिए । कम्प्युटर, इन्टरनेट विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्वका सामग्री वा कसैप्रति घ्रणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई रु १ लाखसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ ।विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका अपराधिक कार्यलाई साइबर अपराध मानिन्छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्रहत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट फ्रड, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याइने क्षतिलगायत अवैधानिक कार्य पनि साइबर अपराध हो ।

Related Articles

Back to top button