समाचार

तालिमको लागि तयारी गर्ने क्रममा नेपाली सेना को मृत्यु

लमजुङ- झरनाबाट खसेर नेपाली सेनाकोे मृत्यु भएको छ । मृत्यु हुनेमा त श्रीजङ गणमा कार्यरत ३१ वर्षीय विजय श्रेष्ठ रहेका छन् ।लमजुङको बेसीशहर नगरपालिका १ उदिपुरस्थित गाईखुरे झरनाबाट खसेका उनको अस्पताल पुर्याएको केही समयमै ज्यान गएको हो ।श्रीजंग गणले आगामी भदौ १५ देखि १७ गतेसम्म राष्ट्रिय सेवक दलका विद्यार्थीहरुलाई साहसिक खेल क्यानोनिङको तालिम दिने तयारी गरेको थियो ।

क्यानोनिङ तालिमको लागि तयारी गर्ने क्रममा श्रेष्ठ झरनाबाट खसेका हुन् । झरनाबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि सदरमुकाम बेसीशहरस्थित लमजुङ जिल्ला सामूदायीक अस्पताल ल्याइएको थियो । काभ्रेको बनेपा घर भएका श्रेष्ठ क्यानोनिङ सम्बन्धि जानकार भएको सेनाले जनाएको छ ।तस्विर – नयाँ पत्रिका

Related Articles

Back to top button