भिडियो

चितवनमा मन्त्रि योगेश भट्टराई पुग्दा, रेणु दाहालले राखिन यस्तो माग

काठमाडौं संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थललाई यात्रु आउने जाने मात्र नभई व्यवसायिक एयरपोर्टको रुपमा बिस्तार गर्ने निर्देशन दिएका छन्।बिहीबार चितवन पुगेका भट्टराईले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने पर्यटकीय हिसावले महत्वपूर्ण विमानस्थलका रुपमा रहेकाले यसलाई पर्यटन मन्त्रालयको निति तथा कार्यक्रममा समेटेर विशेष प्राथमिकतामा राखेको बताउदै उनले भने यो पूर्ण व्यवसायिक बनाउन सपिङ्ग कम्पेक्स राख्ने र माथी कार्यालय राख्न समेत निर्देशन दिए ।

भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उनले विमानस्थलको स्तरोन्नति गरिने बताए। भ्रमण वर्ष सफल पार्न गर्नुपर्ने पूर्वाधार निर्माण विदेशमा प्रचारप्रसार जस्ता काम भइरहेको उनले जानकारी दिए।मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई डोमेस्टिक विमानस्थलका रुपमा अघि बढाउने योजना रहेको पनि सो क्रममा बताए ।

उनले नेकपा अध्यक्ष प्रचण्डको उपस्थितिमा तत्कालै सर्वपक्षीय छलफल बस्ने तयारी भईरहेको जानकारी दिँदै विमानस्थललाई व्यवस्थित बनाउने सिलसिलामा विमानस्थल नजिकै रहेको नेपाली सेनालाई सम्मानजनक रुपमा सिफ्ट गर्ने विकल्प पनि रहेको उल्लेख गरे । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि भएका विभिन्न प्रयासका बारेमा व्रिफिङ गरेकी थिइन् । उनले लुक्लापछिको दोस्रो जोखिमपूर्ण विमानस्थलका रुपमा रहेको भन्दै यस्लाई चाँडैनै सुधारका लागि कदम चाल्नुपर्नेमा जोड दिइन् । हेर्नुहोस भरतपुरको भिडियो

Related Articles

Back to top button