समाचार

पश्चिम नेपालमा मध्यराती भूकम्पको धक्का

काठमाडौं । पश्चिम नेपालमा मध्य राती भूकम्पको धक्का महशुस गरिएको छ । दैलेख, सुर्खेतमा भूकम्पको धक्का महशुस गरिएको सुर्खेत र दैलेखबाट सामाजिक सञ्जालमा सन्देशहरु दिइएको छ ।राती १२ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको दैलेख बजारका मनोज थापाले आफ्नो फेसबुकमा लेखेका छन् । नेपाली काँग्रेस दैलेखका सभापति भूपेन्द्र शाहीले पनि दैलेखमा भूकम्पको धक्का महशुस भएको जनाएका छन् । उता सुर्खेतमा रहेका एकजना फेसबुक प्रयोगकर्ता खेमराज खड्का काजीेले जनाएका छन् । उता सुर्खेतमा रहेका एकजना फेसबुक प्रयोगकर्ता खेमराज खड्का काजीेले जनाएका छन् । भूकम्प मापन केन्द्रले दैलेख केन्द्रविन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । एजेन्सी । भर्खरै शव जलाएर मलामी घर फर्किएका थिए । जवान छोराको मृत्यु भएपछि बुवा आमा तथा परिवारजन मर्माहत तथा शोकाकूल अवस्थामा थिए ।अब मरेको मानिस फर्किने भन्ने कुरा थिएन र केवल शोक गरेर आँशु चुहाउनुको विकल्प थिएन । तर एक्कासी घटनाले अविश्वसनीय मोड लियो जब मरेर लास समेत जलाइसकिएको छोराले फोन गरे र आफु सकुशल रहेको बताए ।भारतको केरालास्थित पुतिंगल मन्दिरमा भएको हालैको आगलागीपछिको घटना हो यो । काठमाडौं डेलीप्रमोद नामका ती युवकको आगलागीमा परी मृत्यु भएको र

उनको शव अस्पताालमा राखिएको खबर आएपछि प्रमोदका परिवारजन तथा आफन्तहरु अस्पताल पुगे ।सनाखत गरी उक्त शव बुझेर ल्याए र घाटमा लगेर अन्तिम संस्कार पनि गरे ।परिवारमा ठूलो शोक छाइरहेको थियो ।काठमाडौं डेली तर जब लासको सतगत गरेर परिवाजन तथा मलामीहरु घर फर्किए तब मरे भनेर लास जलाइसकिएका ती युवक फोन आयो ।प्रमोदले एक्कासी फोन गरेर आफु सकुशल रहेको बताएपछि केहीछिन अघि सम्म शोकाकुल रहेको त्यहाँको वातावरण एक्कासी उल्लासमय बन्यो ।यसपछि बल्ला खुलासा भयो की प्रमोद ज्यूँदै थिए र जसलाई प्रमोदको लास भनेर सतगत गरियो त्यो अरु कुनै युवकको थियो ।काठमाडौं डेली आगलागीको घटनामा घाइते भएर प्रमोद बेहोस बनेका रहेछन् ।जब उनको होस आयो, उनले घरमा फोन ठोकिहाले । त्यति बेलासम्म परिवारले प्रमोदको मृत्यु भएको खबर पाएर, एउटा लास समेत बुझेर अन्तिम संस्करा समेत गरिसकेका थिए ।१ सय ११ जनाको ज्यान जानेगरी मन्दिरमा भएको आगलागीमा प्रमोदको सरीरमा पनि विभिन्न ठाउँमा पोलेर घाउ बनेका छन् । पाँचखाल अनलाइन बाट साभारसल्यान – छत्रेश्वरी गाउँपालिका वडा नम्बर-६ रामकाडामा भएको भीषण आगलागीमा एकजनाको ज्यान गएको छ भने सिमपानीका ८ घर जलेर नष्ट भएका छन् । सिमपानीसम्म पुगेको आगो निभाउने क्रममा

सिमपानीका ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ । आगोमा परेर त्यसै ठाउँका ४० वर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएका छन् ।आगो नियन्त्रणमा लिन गाह्राे भइरहेकाे छत्रेश्वरी-६ का अध्यक्ष चुडामणि दसौतीले जानकारी दिनुभयाे । शुक्रबार बिहानदेखि सल्किएको आगो बीचमा रहेको सिमपानी गाउँ घेरेर चारैैतिरको जंगलमा फैलिएको छ ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम, श्रीनगरको टोली, सशस्त्र प्रहरी र स्थानीयहरु पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेकाे प्रहरीले जनाएकाे छ।यस्तै शारदा नगरपालिका-९ दुवेरी पुनटोलका ६३ वर्षीय गोवर्धन पुनको स्थानीय काफलखोली सामुदायिक वनमा भएको आगलागीमा परेर ज्यान गएको छ । वैशाख २४ गते घरबाट निस्किएका पुन परिवारको सम्पर्कमा नआएपछि खोजी गर्दा जंगलमा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर पंचलाल गोलेले बताउनुभयो । यसैबीच सल्यानको ठाउँठाउँमा आगलागीले भीषण रुप लिएको छ । अहिले शारदा नगरपालिका २ लुहापिङमा रहेको सशस्त्र व्यारेक नजिकै आगलागी भएको प्रहरीले जनाएको छ । कपुरकोट गाउँपालिकाको मुलपानीमो आगलागीले पनि स्थानीय ब्रिजलाल खड्काको घर जलेर नष्ट भएको छ ।शारदा नगरपालिका-१०, मदना नजिकै आगलागीले एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानका अधिकांश वन जंगलहरु सल्लाको भएकाले आगलागी हुने गरेको देखिएकोले सजग रहन प्रहरीले सबैलाई अपिल गरेको छ ।

Related Articles

Back to top button