भिडियो

रवि लामिछानेमाथि सांसद् विडारीको व्यङ्ग्य

काठमाडौँ । शालिकराम पुडासैनी आ’त्मह’त्या प्रकरणमा अनुस’न्धानका लागि सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले हिरासतमा लिएपछि उनको रिहाइको माग गर्दै सयौँ समर्थक सडकमा उत्रिए।

रविका समर्थकमाले उनलाई प्रधामन्त्री बनेर देश चलाउन पनि भने। सयौँ समर्थनको साथ पाएका रवि राजनीतिमा आउँदा देशमा कायापलट हुने कतिले आसय पनि व्यक्त गरे।

सांसद् रामनारायण विडारीले भने रवि लामिछाने प्रधानमन्त्री बन्न सक्लान त भन्ने कुरामा व्यङ्ग्य गरेका छन्। जनता जान्न चाहन्छन् भन्ने कार्यक्रममा बोल्दै विडारीले जुलुस निकालेर मात्र प्रधानमन्त्री बन्न नसकिने बताएका छन्।

उनले अबको प्रधानमन्त्री नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्ने दाबी गरे। उनले भने,‘अब नेकपाबाट प्रधानमन्त्री बन्ने पहिलो सम्भावना नै अध्यक्ष प्रचण्डको हो।

हेर्नुहोस् थप भिडियोमा

Related Articles

Back to top button