भिडियो

सिधाकुरा टिम माथी प्रहरीको हातपात गर्जिए रवि

भिडियो सहित न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँगको आज ३८४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडलाई अष्ट्रेलियको सिड्नीबाट प्रत्यक्ष प्रसारण गरिएको छ आजको एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः १. अष्ट्रेलिया स्थित नेपाली राजदुत मानव तस्करी मुद्धामा सरकार मौन अष्ट्रेलिया । अष्ट्रेलिया स्थित नेपाली दुतावासमा तत्कालीन राजदुत लक्की शेर्पाले चालकका रुपमा लगेका वाङछ् शेर्पाले राजुदतले आफूसँग ३३ लाख बढी लिएर अष्ट्रेलिया ल्याएको भन्दै करीब ६ महिना

अघि सीधाकुरा जनतासँग कार्यक्रम लाइभ बोलेका थिए । यसपछि राजदुत शेर्पा विवादित बनिन् र आफ्नो पदबाट राजीनामा नै दिइन् २. अष्ट्रेलियामा एआईबीटी इन्टरनेशनल कलेजसमेत खारेज, थप नेपाली विद्यार्थी मारमा अष्ट्रेलिया अष्ट्रेलियामा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययन गर्दै आएका एआईबीटीको अर्को कलेजसमेत खारेज भएको छ । पहिलो पटक एआईबीटीमा अध्यनरत विद्यार्थीहरुले हाम्रो लाइभ कार्यक्रममा यो बिषय उठाएका थिए । अष्ट्रेलियामा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्यन गर्दै आएका इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी एआइबीटीको दर्ता खारेज भएको केही समयमै इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि. एआइबीटी इन्टरनेशनलको दर्ता समेत अष्टे लियन

स्किल क्वालिटी अथोरोटी आस्काले खारेज गरेको छ ३. प्रहरी र चिकित्सको मिलेमत्तोमा कागजमा औंठा छाप गरेकै भरमा हुन्छ स्वास्थ्य परीक्षण काठमाडौं । काठमाडौंमा मद्यपान सेवन गरेर कुनै गैर कानूनी गतिविधि गरेमा प्रहरीले नियन्त्रणमा लिन्छ अधिकांश व्यक्तिको स्वास्थ्य परीक्षण भन्दै वीर अस्पतालमा पु¥याउँछ । तर के वीर अस्पतालमा लगेर उनीहरुको स्वास्थ्य परीक्षण हुन्छ त ? यही प्रश्नको जवाफ खोज्दै सीधाकुराको टिम आइतबार राति वीर अस्पतालमा पुग्यो तर वीर अस्पतालमा त प्रहरी र चिकित्सकले स्वास्थ्य

परीक्षणको सामान्य प्रक्रिया समेत पूरा गर्दा रहेन्छन् ४. निर्माण सुरु भएको ९ बर्ष वित्दा पनि पुल बनेन, ढलान गर्दा गर्दै भत्कियो झाप झापाको मेची नगरपालिका १२ स्थित हडियाँ खोलामा ९ वर्ष अघिबाट निर्मण सुरु गरिएको पुल निर्माणकै क्रममा भत्किएको छ ५ करोड ८७ लाख ५३ हजारको लागतमा मैनाचुली र लामा निर्माण कम्पनीले संयुक्त रुपमा निर्माण सुरु गरेको पुल यत्तिका वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न

Related Articles

Back to top button