समाचार

पुडासैनी हत्या प्रकरणमा आईजिपी खनाललाई सरकारले माग्यो स्पष्टिकरण

काठमाडौँ- रवि लामिछानेलाई थुनामा भेटेको विषयमा प्रहरी महानिरीक्षकसर्वेन्द्र खनाल सँग स्पष्टीकरण सोधिएको छ । पत्रकार शालिकराम पुडासैनी ह त्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेलाई हिरासतमा गएर भेटेपति स्पष्टिकरण मागिएको हो । खनाललाई गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले त्यसबारे मौखिक स्पष्टीकरण सोधेका छन् ।

उनलाई ‘आ त्मह त्या दुरुत्साहनको मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई हिरासतमा गएर किन भेट्नुभयो ? त्यसबारे किन गृह मन्त्रालयसँग पूर्वस्वीकृति लिनुभएन जस्ता प्रश्न सोधिएको थियो । खनालले रवि भेटेको विषयमा प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयसमक्ष चासो राखेपछि उनलाई स्पष्टीकरण सोधिएको बताइएको छ ।संगठनको आन्तरिक कामका लागि भन्दै चितवन पुगेका खनालले रविलाई हिरासतमै भेटेर सुरक्षाको चिन्ता नलिन आश्वासन दिएका थिए ।। चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख, कँडेललाई ३ लाख धरौटीमा र कार्कीलाई बिना धरौटी रिहा गरेको हो ।

Related Articles

Back to top button