समाचार

घट्याे अचम्मकाे घटना ! सात दशक सँगै विताएका दम्पतीले सँगै संसार छाेडे

इलाम : विहे गरेकाे सात दशकपछि एक दम्पतिले एकैसाथ संसार छाेडेका छन् । इलामको माई नगरपालिका–३ का ९५ वर्षीय डिल्लीबहादुर थापा र ९३ वर्षीया तोरनकुमारी थापाकाे जोडीले एकैदिन मृ’त्युवरण गरेका हुन्। यसरी ७ दशक सँगै विताएका जाेडीकाे सँगै जिउने सँगै मर्ने चाहना पुरा भएकाे भन्दै स्थानीय अचम्मित भएका छन् ।

थापा जोडीको मृ’त्यु ६ घण्टाको फरकमा भएको हो उनका आफन्तले जानकारी दिएका छन् । शुक्रबार साँझ ६ बजे डिल्लीबहादुरको नि’धन भएको थियाे । त्यसकाे ६ घण्टा वित्न नपाउदै तोरनकुमारी पनि संसार छा’डेकी थिइन । लामो समयदेखी तोरनकुमारी वि’रामी भएपनि डिल्लीबहादुर भने स्वास्थ्य नै थिए। तर एक्कासी याे जाेडीकाे एकैदिन नि’धन भएकाे हाे ।

स्थानीयका अनुसार सामान्य भाइरल ज्वरोले थलिएका श्रीमान एक्कासी मुटु दुखेकाे केही घण्टा नवित्दै नि’धन भयो । श्रीमानकाे नि’धन भएकाे ६ घण्टा नवित्दै त्यही पींडा स’हन नसकी श्रीमतीकाे पनि नि’धन भएकाे हाे । श्रीमानश्रीमती दुवैजनालाई लोदिया दोभानमा एउटै चि’तामा ज’लाइएकाे छ । यस्ता घटना विरलै हुने गरेकाे स्थानीय बताउँछन् । ७ दशक सँगै विताएका थापा दम्पतीको १ छोरा, ४ छोरी, ३ नातीनी, २ नाती र १ पनाती रहेका छन्।

Related Articles

Back to top button