भिडियो

राजा महाराजा भन्दा पनि निरंकुश प्रधानमन्त्री ओलीले देशै ‘हाईज्याक’ गरे

भिडियो हेर्नुहोस: काठमाडौं। राजनीतिक विश्लेषक तथा वरिष्ठ कानुनविद् दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी ओलीले देशलाई नै ‘हाईज्याक’ गरेको आरोप लगाएका छन् । शुक्रबार सुत्र टिभिसँग कुरा गर्दै अधिवक्ता त्रिपाठीले वर्तमान सरकारले जनताको पक्षमा सिन्को समेत नभाँचेको बताएका हुन् । उनले प्रधानमन्त्री ओली र वर्तमान सरकार भ्रष्ट र माफियाहरुहको घेराबन्दीमा परेको आरोप लगाए ।

उनले सरकार र प्रधानमन्त्री ओलीकै कारण मूलुक ‘फेलियर’ भैसकेको दावी समेत गरे । अधिवक्ता त्रिपाठीले सत्तारुढ दल नेकपाले बिरामी प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाएर थप दुःख दिएको बताए । उनले प्रश्न गरे के नेकपामा प्रधानमन्त्री बन्न अरु योग्य पात्र कोही छैनन् र ? उनले २४ घण्टा मूलुकको लागि खट्नुपर्ने देशको प्रधानमन्त्री स्वस्थ हुनुपर्ने भन्दै प्रधानमन्त्री ओली स्वास्थ्यकै कारण देशको लागि खट्न नसक्ने प्रष्ट पारे। उनले प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गरेकोमा समेत आपत्ति जनाए।

अधिवक्ता त्रिपाठीले अमेरिकामा हिलारी किलिन्टनको उदाहरण दिदैँ नेपालका महत्वपूर्ण सूचना लिक हुनसक्ने चिन्ता समेत व्यक्त गरे । ‘वेल सेक्योर्ड’ को अभावमा नेपालका महत्वपूर्ण सूचना लिक हुने सम्भावना भएकाले सरकारले राष्ट्रका लागि गलत गरेको आरोप लगाए । उनले सञ्चारमन्त्रीले संसदमा प्रधानमन्त्रीलाई नै झटो सावित गरेकाले प्रधानमन्त्रीसँग तत्काल सञ्चारमन्त्रीलाई बर्खास्त गर्न समेत माग गरे।

उनले वर्तमान सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई हिटलरका सञ्चारमन्त्री गोयवल्ससँग तुलना गरेका थिए । अधिवक्ता त्रिपाठीले पछिल्लो समय सर्वोच्च अदालतले गरेको एनसेलको कर प्रकरणमा समेत आपत्ति जनाए । उनले अदालत पनि कहि कतैबाट प्रभावित त भएको होईन भनेर प्रश्न समेत गरे।

भिडियो हेर्नुहोस:

Related Articles

Back to top button