समाचार

दरखाने बेलामा पार्वती चितामा सिङ्गो टोल मै रुवावासी

बुटवल – शनिवार राति अवेरसम्म जाजरकोटको तिमिले टोलमा तीज गीतमा नाचको रमझम थियो । त्यस गाउँकी ३२ बर्षीया पार्वती ओलीलाई पनि त्यो रमझमले छोएको थियो । भेरी नगरपालिका वडा नम्वर २ तिमिले टोलमा भएको तीज गीतको रमझमले पार्वतीका श्रीमान बलबहादुर ओली एकातिर उनी र दुई छोरीको सुताई अर्कोतिर हुन पुग्यो । आइतवार दरखाने दिन माइत जाने तयारीमा रहेकी पार्वती र उनको परिवारमा नसोचेकै घटना घट्यो, सुतेको केही घण्टा पछि । माथीबाट पहिरो आयो र घरसँगै आफूहरु बगेको पत्तै पाएनन उनीहरुले । आइतबार रातको साढे १ बजेतिर पहिरोको

गडाङगुडुङ्ग सुनेर मात्र बलबहादुरले श्रीमती र छोरीहरु बगेको थाह पाए ।जाजरकोट जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम खत्री भन्छन् ,‘ ३२ बर्षीया पार्वती ओली , उनकी ९ वर्षीया छोरी मोतीकला र ३ वर्षीया अर्की छोरी धनसराको एकै साथ ज्यान गएको हो ।’ माइत जाने तयारीमा रहेकी उनको दुखद मृत्यु भयो,’ उनले दुख प्रकट गर्दै भने ।शव पोष्टमार्टम गरी दाहसंस्कार गर्न अबेर भएका कारण उनीहरुको शव दाह संस्कार गरी साँझपख काज किरियाको कुनो बार्दै गरेको स्थानीयले बताए । यति बेला दरखाने साँझको रमझम त्यस परिवारमा मात्रै नभएर सिङ्गो तिमिले टोल मै रुवावासीमा परिणत भएको छ

Related Articles

Back to top button