समाचार

दैनिक १० जना भ्रष्टाचारीले हामफालेर मरेको सुन्‍न पाऊँ’

काठमाडौं। सांसदहरुले देशमा बढिरहेको भ्र*ष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरुले भ्र*ष्टाचारविरुद्ध कडा टिप्पणी गरेका हुन्। नेकपाका सांसद झपट रावलले निर्दोषहरुले आ त्म ह त्या गर्ने दिन अन्त्य हुनुपर्ने बताउँदै अ पराधी र भ्र*ष्टाचारीले मर्नै पर्ने बताए ।

‘अ पराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा अझै माथिबाट हामफालेर मर्ने अवस्था आउनुर्छ’, रावलले भने, ‘दिनको १० जना भ्रष्टाचारी म*रेको भन्ने खबर सुन्‍न पाइयोस।’ ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्ली बजार मालपोतका तत्कालीन खरिदार तथा कांग्रेस पर्वतका सचिव युक्त श्रेष्ठले हामफालेर आ त्म ह त्या गरेकोबारेमा बोल्दै सांसदहरुले भ्र*ष्टाचारविरुद्ध राज्यसंयन्त्र आक्रमक हुनुपर्ने मत राखे। बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्र*ष्टाचारीलाई मृ त्युद ण्ड दिनुपर्ने बताए। त्यस्तै कडा अभिव्यक्ति सत्तारुढ दल नेकपाका सांसद झपट रावलले पनि दिएका छन्।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका युक्त श्रेष्ठको ह त्या भएको दाबी गरेपछि नेकपाका सांसदहरुले फरक र कडा भनाइ राखेका हुन्।

Related Articles

Back to top button