समाचार

१० दिनदेखि सम्पर्कविहीन भएकी इन्जिनियरिङ पढ्ने रेजिनाकाे झोला सेतीनदी किनारमा भेटियो

काठमाडाैं । स्याङ्जा चापाकोट नगरपालिकाकी किशोरी १० दिनदेखि सम्पर्कविहीन भएकी छन् । वडा नम्बर ९ की १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी हुन् । रेजिना काठमाडौंको बसुन्धारामा बस्दै आएकी थिइन । उनी १० दिनदेखि पारिवारीक सम्पर्कमा नरहेको आमा सरस्वती डोटेलले बताइन । परिवारका अनुसार उनी भदौ ७ गते पुल्चोक इञ्जिनियरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएकी

थिइन । ‘त्यसपछि अहिलेसम्म केही अत्तोपत्तो लागेको छैन’आमाले भनिन, ‘यतिका दिन भयो जताततै खोजिरहेका छौँ र पनि यताउता कतै अत्तोपत्तो छैन, छिटोभन्दा छिटो छोरीको अत्तोपत्तो लाउन पाए हुन्थ्यो ।’ काठमाडौँबाट हराइरहेकी रेजिनाको पोखरा बागमारास्थित सेतीनदी किनार मझौरेघाटमा उनको कागजातसहितको झोला आइतबार फेला परेको बेपत्ता किशोरीका मामा दिवस भण्डारीले बताए । दिवसले भने, ‘झोला तथा कागजात नदी किनारमा फेला परेकाले झोला भेटिएको स्थानदेखि तलतिरका ठाउँमा प्रहरी, स्थानीयवासी, परिवारजन तथा आफन्तले निरन्तर खोजी रहेका छन् ।’

Related Articles

Back to top button