समाचार

‘प्रचण्ड’की बुहारी मन्त्रि बिना मगर माथि छानबिन सुरु

काठमाडौं। कम्युनिस्ट मन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगरमाथि मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा अनेक आरोप लागिरहेका बेला उनीमाथि छानबिन सुरु गरिएको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना र काठमाडौं–तराई द्रूतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ ।

मन्त्री बिना मगरले मागेको कमिशन नदिएपछि मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सीएमसी भागेको आरोप लागेको अवस्थामा आयोजनामाथि छानबिन भइरहेको छ । लेखा समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिकाउने निर्णय गरेको थियो ।

समितिको निर्देशनअनुसार खानेपानी मन्त्रालयले मेलम्चीको विवरण पेश गरेको छ । समिति सचिव रोजनाथ पाण्डेका अनुसार मेलम्चीको सञ्चालक समितिसँग साताभित्रै सोधपुछ गर्ने तयारी छ ।

बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची आउने कुरा मात्र भएकाले यथार्थ खर्च र जानकारी लिन जरुरी भएको बताएका थिए । उनैको निर्देशनबमोजिम कागजपत्र झिकाइएको हो ।‘मेलम्चीको डकुमेन्टमाथिको अध्ययन पूरा भएको छ,’ उनले भने, ‘आगामी साता सञ्चालक समितिलाई बोलाउँछौं ।’

सेनाले निर्माण गरिरहेको द्रुतमार्गको प्रगति र खर्चको विवरण पनि समितिमा अध्ययन भइरहेको छ । रक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विवरण उपलब्ध गराएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

मेलम्चीपछि द्रूतमार्गका विषयमा सरोकारवालासँग सोधपुछ हुने पाण्डेले जानकारी दिए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एकातिर, निर्माण भइरहेको स्थान अर्को्तिर भन्दै सांसदले प्रश्न उठाएपछि समितिले अध्ययन अघि बढाएको छ ।

Related Articles

Back to top button