समाचार

रवि लामिछानेविरुद्धको मुद्दा भयो खारेज

काठमाडौं । रवि लामिछाने र निलम्बित डीएस अंगुर जिसीविरुद्ध परेको उजुरी खारेज भएको छ । अदालतको मानहानी र अपहेलना गरेकोआरोपमा रवि माथि उजुरी परेको थियो ।

सो टेलिभिजनसहित ’सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीले अदालतमा विचाराधीन रहेका निर्मला पन्त प्रकरणमा अन्तर्वार्ता लिने र दिने गरेर अदालतको मानहानी तथा अपहेलना गरेको आरोपमा उनीहरुविरुद्ध दिलिपसिंह विष्टका दाइ खड्गसिंह विष्टले कञ्चनपुर जिल्ला अदालतमा दायर गरेको उजुरी खारेज भएको हो ।

श्रेस्तेदार हरिकृष्ण अवस्तीले यसअघि गरिदिएको खारेजलाई सोमबार जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले श्रेस्तेदारकै निर्णय सदर गरिदिएको हो ।

Related Articles

Back to top button