समाचार

नेपालगञ्जमा गो*ली चल्यो

नेपालगन्ज। चोरी मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गो*ली चलाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा गो*ली चलाएको हो।

कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले दिएको जानकारी अनुसार खुट्टामा गो*ली लागी घा*इते भएका न्यौपानेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

‘नेपाल–भारत सिमास्थित जमुनाहामा नियन्त्रणमा लिई मोटरसाइकलमा कोहलपुरतर्फ ल्याउने क्रममा भाग्न खोजेपछि हाम्रो टोलीले राँझा नजिक एक राउण्ड गो*ली चलाएको हो,’ रोकाले भने। बैजनाथ गाउँपालिकाको देउराली भन्ने स्थानमा युएनको गाडीमा डाँका चोरी गरेको अभियोग लागेका न्यौपानेलाई अदालतले २०६८ सालमा ६ वर्ष जेल सजाय तोकेको थियो। तर, उनी लामो समयदेखी फरार रहँदै आएका थिए।

Related Articles

Back to top button